(१) मौकामै देख्ने व्यक्तिहरू र साक्षीले समेतले किर्ते पोल गरेको र घर (अभियुक्तको) खानतलासिमा दसि वरामद भएको प्रमाणहरू मौजुद रहेमा आरोपित कसुर प्रमाणित हुने । मौकामा देख्ने भनेको सर्जमिनहरू र वादीका साक्षी समेतले किटानसाथ पोल गरेको र मिर हुसेनको घर खानतलास हुँद…
(१) कस्तोमा अदालतको अपहेलना सम्बन्धमा कारवाई गर्न नपर्ने ? आज एक्स्पर्ट न्यायाधीश हुनु भएको भए मेरो शारीरिक अवस्थामा विचार गरी मुद्दा स्थगीत गरिने थियो । शारीरिक विज्ञानको ज्ञाता विशेषज्ञ न्यायाधीश भएको भए यस प्रकारको शारीरिक कमजोरी विद्यमान हुदाहुदै पनि बहस ग…
१. “जग्गामा जडान गरी राखेको सो जग्गाबाहेक” भन्ने वाक्यांश फार्छेपत्रमा उल्लेख भए सो जग्गालाई बाहेक गरेको प्रष्ट देखिने–यस्तो जग्गै बाहेक भएको र त्यसमा बनेको घर समेत बिक्रि गरेको फार्छेपत्रमा उल्लेख नभएमा–फार्छे गरी लिनेको हक भएको भन्न नमिल्ने । ०१७।३०।३ मा रजि…
(१) ससुराले बुहारीलाई इज्जत आमदअनुसार खान लाउन दिएको भन्न नसके–लोग्ने बयान गर्न हाजिर नभइ म्याद गुजारी बसे बाबु ससुरासँग छोरा लोग्नेले अंश लिई भिन्न बसेको कानून अनुसार रीतपूर्वकको बण्डापत्र लिखत प्रमाण दिन नसके पहिले बुहारीलाई कुटपीट गरेको ठहर्याई फैसला भईसके…
१. बाजे (प्रतिवादीको) को प्रकाश गरी राखेको स्वास्नीबाट वादी जन्मेको प्रमाणित भएको र वादी प्रतिवादीको बाबु दुवै बाजे (प्रतिवादीको) को दुई स्वास्नीतर्फका छोरा समान हकका अंशियार देखिन आएमा वादीले अंश नपाईसकेको भए अंश पाउनु पर्ने देखिन आउने । रामचरणको छोरा कायम गर…
१. जानिफकार भई आफ्नो उमेर लेखाएको देखाएको भए र कम्ति यति नै वर्षको उमेर भन्ने कुराको अकाट्य प्रमाण गुजार्न नसकेमा र डाक्टर जाँचबाट समेत वर्ष १६ वर्ष देखि माथि १८ वर्ष देखि मुनि भनी अनुमान गरेमा पहिले अनभिज्ञ अवस्थाको बयानको उमेरको उमेर कायम गर्न नमिल्ने । चोरी…
१. पानी नपुगेको कारणले खेत आवाद नभएमा नक्साबाट पाखा देखिएमा पहिले नालेस दिँदा लेख्न नसक्ने वादीले सरेकको खेत र झगडा परेको पाखो जग्गाको बीचमा अर्को छुट्टै किल्ला देखिन आएमा र वादीको जग्गा अरु ठाउँमा छ भन्ने देखाउन नसकेकोमा वादीकै खेत दर्ता मध्येको भन्न नमिल्ने…
१. ५८ सालको सनद र ६० सालको तोक सदरहरू क्रियाशील नै–किपट जग्गा छिन्ति सदर हक छुट्याई लिनु दिनु गर्न नपाईने । सो दुवै तिथीमा भएको सनद तोक सदरबमोजिम कुरा समेत एउटै गरी अड्डाखाना र लिम्बु समेतले थाहा पाउने गरी ऐनमा पारी दिने भन्ने मुलुकी अड्डा ऐन सवाल फाँटले जाहेर…
(१) भू.सं. ऐन, २०११ को दफा २५ (क) अन्तर्गत मोहियानी हक पाएको नदेखिएमा–मोहीको हकबाट हटक खिचोला गरे भन्ने मुद्दा उक्त ऐनको दफा ३२ अन्तर्गत भित्र परेको भन्न नमिल्ने । वादी उक्त दफा २५ (१) अन्तर्गत मोहीको हक प्राप्त भएको व्यक्ति नै नदेखिएकाले ०१६ सालमा मोहियानी हक…
१. बिक्री व्यवहार गर्दा यसले गरेको वा गर्नुपर्ने भन्ने प्रमाणित सबुद नभएमा र एकजना भन्दा बढीको नाउँमा दर्ता भएको भए तीमध्ये एक जनामात्र थपको मुख्य प्रमाणित हुन नसक्ने । कुनै बिक्री व्यवहार गर्दा वादीले मात्र गरेको वा गर्नु भन्ने किसिमको प्रमाणित सबुद केही नदेख…
१. अंशबण्डाको ३७ नं.मुताविक मानु नछुट्टि सँगै बसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लगाएको ऋणमा सबै अंशियारहरूको भाग लाग्ने । तत्काल प्रचलित अंशबण्डाको ३७ नं. मा मान्नु नछुट्टि सँगैबसेका अंशियारहरू छन् भने अंशियारहरूले कमाएको धन र लगाएको ऋण सबै अंश…
१. कसैले लेखेको आधारमा अरुको दावीबमोजिम रुपैया भराउन सक्ने र अंक किटान नभएको मात्र ऐनले प्रमाण लिन हुने । त्यसको आधारमा वादी दावीबमोजिम रुपैया भरी पाउँन सक्ने भएमात्र ऐनले प्रमाणमा लिन मिल्ने हुनाले त्यसतर्फ हेरेमा उपरोक्त उल्लेख भएअनुसार हिसाब गरी रुपैया दिने…
(१) कसैको गफलतले कसैलाई नोक्सान हुन गएमा गफलत गर्ने व्यक्तिबाट नोक्सानीको साँवा व्याज समेत भरी पाउने । बैंकको गफलतले रीतपूर्वक सर्टिफिकेट बेगर ल्केम हुन समेत नपाई यसरी नोक्सान हुन गएकोमा वादीले आफ्नो रुपैया भर्ना नपाउने भन्नु न्यायसंगत नहुने समेत हुँदा उपरोक्त…
(१) बिन्तिपत्रको व्यहोरा नै झुठा ठहरेमा बकस भएको हुकुम प्रमांगीको सुविधा पाउन नसक्ने। कलकत्ताको लेनदेन नेपालमा तिर्ने गरी श्री ज.कल्याण शम्शेरले लिएको रुपैया नतिरेकाले कोर्टफी समेत नराखी सर्वोच्च अदालतमै नालेस दिन पाउने गरी पाउँ भनी हस्साराम तेजुमलले श्री ५ मह…
(१) कस्तो रसिदहरू प्रमाण लिन नमिल्ने ? खजहनी मालमा बयान गर्दा ४ सवालको जवाफमा रसिद कहिले पनि दिएको छैन भन्ने र अघि पोत बुझाउने गरेकोमा रसिद लिने रीतिरिवाज नभएकोले मानेका पनि थिएनौ हाल प्रकाशित भएका गजेट मुताविक र पटवारीले सुनाउनु भएको उर्दि पुर्जि मुताविक रसिद…
(१) आफ्नै हस्ताक्षरको सही भएको र साक्षीको बकपत्रबाट समेत जवरजस्ती कागज गराएको भन्ने नदेखिए–करकाप गरेको नठहर्ने । करकाप गरेको भनेको लिखितमा असामिकै हस्ताक्षरको समेत सही भएको र जग्गाको कित्ता नं. समेत खुलाई लेखेको । बजारबाट हरिदेवलाई लगेको भनी बकपत्र गरेकोमा जवर…
(१) माल अड्डाको तहबाट बाँध काटेको हो वा हैन ? भन्ने निर्णय गर्न नमिल्ने । दर्खास्तमा सो बाँध नमालुम कहाँको कस्ले काटी दियो ? नोक्सानी समेत उपर गरी पाउँ भन्ने व्यहोराको दर्खास्त लिई कारवाही गरी मानिसद्वारा काटिएको भनी ठहर गर्न मुनासिव नभएको भन्ने जाहेरी फैसला म…
(१) कबुलियत कागज लेख्दा वतन नलेखेको, प्रतिवादीले सो कागज फलाना ठाउँमा लेखिएको भन्ने प्रमाण जनाउन नसकेको, वादीले प्रतिवादीको वतन लेखी राखेको देखिएमा कबुलियत सोहि बतन ठेगानामा लेखिएको मान्नु पर्ने । मजकुर साहेबको घरको पहिलो तलाको दक्षिण पट्टिको बैठकमा बसी लेखेको…
(१) कानूनी प्रश्न (Question of Law) र कानूनी तथ्य (Matter of Law) मा भिन्नता–कानूनी तथ्य सम्पूर्ण र कानूनी प्रश्न सम्पूर्ण अंगको एउटा प्रत्येक (a part of the whole) कानूनी प्रश्न (Question of Law) र कानूनी तथ्य (matter of law) एउटै हैन । कानूनी तथ्यको सिमा विस…
(१) सिमित अधिकार–अ.बं.१७ नं. ले काम कारवाहीमा म्याद नाघेको वा बेरीत भएकोसम्म हेर्न पाउने । तल्लो अदालतको विचाराधीन रहेको मुद्दामा माथिल्लो अदालतले निर्णय दिएमा उक्त ऐनको हत्या हुनाका साथै मातहतको तल्लो अदालतको न्यायीक अधिकारमा हस्तक्षेप गरेको र पुनरावेदन गर्न…
(१) दण्ड सजायको २६ नं.– धन खाने १२ वर्ष देखि माथिका मानु नछुट्टी संग बसेका वा धन खाँदा संग बसेको पछि भिन्न हुनेको अंश समेतबाट भराई दिनु पर्ने । हालको दण्ड सजायको २६ नं. मा त्यो धन खाने १२ वर्ष देखि माथिका ऐनबमोजिम मानु नछुट्टि संगै बसेका वा त्यो धन खाँदा संगै…
(१) कानूनबाट अधिकार प्राप्त अधिकारीले मुद्दा सुन्ने अड्डालाई बुझी दिनु भन्ने आदेश दिएको भए मात्र त्यस्तो अड्डाबाट तोक आदेशअनुसार हेर्न छिन्न पाउने । कानूनबमोजिम अधिकारयुक्त अधिकारीले मुद्दा सुन्ने अड्डालाई बुझी दिनु भन्ने तोक आदेश दिएको भए मात्र त्यस्तो अड्डाल…
(१) २००९ सालमा नापी गोश्वाराका नाउँको सवालको ५ दफा–सिमानासम्बन्धी झगडाको मुद्दासम्म सर्भे गोश्वाराले हेरी निर्णय गर्न पाउने । ०९ सालमा नापी गोश्वाराका नाउँमा भएको सवालको ५ दफामा सिमानासम्बन्धी झगडाको मुद्दासम्म सर्भे गोश्वाराले हेरी फैसला गर्न पाउने, यसमा त्यस…
(१) न्याय प्रशासन विविध व्यवस्था संशोधन ऐन, २१ को संशोधन दफा ८ को उपदफा २ (क)–सामुहिक हक देखाएको सन्धिसर्पन मुद्दामा अञ्चल अदालतको फैसला उपर सर्वोच्च अदालतमा अपील लाग्ने । वादीको फिरादपत्रमा १ जना मात्रको व्यक्तिगत हक भन्ने नभई कर्णदास श्रेष्ठको चारैतिर घर बीच…