नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 402 · वि.सं. २०२५
नि.नं. 402 — जग्गा जालसाजी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कस्तो रसिदहरू प्रमाण लिन नमिल्ने ? खजहनी मालमा बयान गर्दा ४ सवालको जवाफमा रसिद कहिले पनि दिएको छैन भन्ने र अघि पोत बुझाउने गरेकोमा रसिद लिने रीतिरिवाज नभएकोले मानेका पनि थिएनौ हाल प्रकाशित भएका गजेट मुताविक र पटवारीले सुनाउनु भएको उर्दि पुर्जि मुताविक रसिदको पनि आवश्यक पर्ने भएकोले रसिद माग्ने गरेको भन्ने औ ५ सवालको जवाफमा कुनै किसिमको निस्सा प्रमाण दिएको छैन भन्ने ६ सवालको जवाफमा कागजी प्रमाण केही छैन भन्ने उल्लेख गरेको देखिएको र सोही मुद्दामा अदालतमा नालिस दिन जानु भनी मालले प्रचार गरी सुनाएको आधार अदालतमा नालिस दर्ता हुन आएको यो मुद्दा भएकाले उपरोक्त उल्लेख भएबमोजिम वादीहरू आफैले पहिले मालमा गरेको बयान लेखाईबाटै पछि अदालतमा नालेस गर्दा मात्र प्रमाण दिन पेश गर्न ल्याएका उक्त रसिदहरू प्रमाणमा लिन मिल्ने देखिन आएन । (प्रकरण नं. १३) (२) कस्तो कुरालाई प्रमाणीक मान्न नमिल्ने ? बुटवल अपीलमा बयान गर्दा हामीहरू समेतका रैतिहरूले उखडामा कमाएको भन्ने कुरा स्वीकार गरी लेखेको भन्ने निवेदक, वादीहरूको जिकीर भएको हकमा निजहरूबाट पेश भईराखेको सो २००१।१०।२६।५ को गिरीराजको बयान नक्कल हेर्दा, ८ सवालको जवाफमा देहायका मानिसहरूले देखाएबमोजिम जग्गा उखडामा कमाई आएको भन्ने लेखेको र त्यसमा नाउँ भिडाउँदा यो मुद्दाका निवेदक, वादीहरू मध्ये कुनैको नाउँ मिल्न भिड्न आएको समेत देखिन्छ तापनि सो बयान भएको मुद्दाको मिसिलै झिकाउन ०२१।५।३१।३+२०२३।३।३१।६ को फुल बेञ्चहरूबाट आदेश भई धेरै पटक लेखापढी हुँदा समेत सो मिसिल पत्ता लागि आउन नसकेको र फैसलाको नक्कल समेत निवेदक, वादीहरूले पेश गर्न पनि नसकेकोले सो मुद्दामा आखिरी के ठहर निर्णय भयो ? वादीहरूले उखडामा जोतेको कायम भयो भएन ? सो यकिन हुन नसकेको र जि.अम्बिकाप्रसादले पोत दिलाई पाउँ भन्ने मुद्दामा नालेस दिँदा यी वादीहरू उपर दावी गरेको नहुनाले वादीहरूका हकमा गिरीराजले गरेको उक्त २००१।१०।२६।५ को बयानलाई निज अम्वीकाप्रसादले स्वीकार गरेको भन्न पनि नमिल्ने समेत हुँदा जि.गिरीराजले उपरोक्त बयानमा लेखेकोसम्म कुरालाई प्रमाणीक मान्न मिलेन । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 402 |
|---|---|
| मुद्दाको विषय | जग्गा जालसाजी |
| निर्णय वर्ष / मिति | 2024/09/18 |
| अदालत / इजलास | पूर्ण इजलास |
| उद्धरण सन्दर्भ | ने.का.प. २०२५, नि.नं. 402 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
