सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल १०,५५३ नजिर अभिलेखमध्ये पृष्ठ १ / ४४०

नि.नं. 11520वि.सं. २०८२संयुक्त इजलास

जबरजस्ती करणी

प्रतिवादीको कसुर सिलसिलाबद्ध रूपमा मालाकारको सिद्धान्त (principle of corroboration) बमोजिम प्रामाणिक मूल्ययुक्त वस्तुनिष्ट ठोस प्रमाणबाट खम्बिर भइरहेको परिप्रेक्ष्यमा निज प्रतिवादीको इन्कारी र पुनरावेदन जिकिरलाई मात्र आधार लिई निजलाई विनासबुद प्रमाण सजायबाट उन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11519वि.सं. २०८२संयुक्त इजलास

गोली हानी मारेको कर्तव्य ज्यान

फौजदारी मुद्दामा प्रतिवादीउपर के अभियोग लागेको थियो भन्‍ने भन्दा पनि प्रतिवादीले कसुरजन्य के कस्तो कार्य गर्‍यो र सो कार्य गर्दाको अवस्था र परिस्थितिको न्यायसङ्गत मूल्याङ्कन गर्नु न्यायकर्ताको पहिलो कर्तव्य हुने । अपराध स्थापित भएपछि उक्त अपराध ऐनद्वारा निषेधि…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11518वि.सं. २०८२संयुक्त इजलास

उत्प्रेषण परमादेशलगायत जो चाहिने आदेश गरिपाऊँ

नेपालको संविधानको अनुसूची-८ को क्र.सं.१० मा स्थानीय बजार व्यवस्थापन गर्ने विषयलाई स्थानीय तहको एकल अधिकारको सूचीमा सूचीकृत गरिएबमोजिम व्यापार, व्यवसाय सञ्‍चालन गर्ने अधिकार आम नागरिकको भए पनि यस्तो अधिकार निरपेक्ष नहुने । व्यापार व्यवसाय गर्ने कुरा प्रचलित कान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11517वि.सं. २०८२संयुक्त इजलास

उत्प्रेषणसमेत

सामान्यतया लगाउमा रहेका मुद्दाहरूको कारबाहीमा जुन कार्यविधिबाट मुद्दाका पक्षहरूलाई सहज हुने देखिन्छ सोही कार्यविधिबाट नै मुद्दाको कामकारबाही अघि बढाउनुपर्ने । भिन्न भिन्न कार्यविधि अपनाइने कुनै दुई वा सोभन्दा बढी मुद्दाहरू एकआपसमा अन्तरप्रभावी रही लगाउमा रहेको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11516वि.सं. २०८२संयुक्त इजलास

सम्पत्ति शुद्धीकरण

सम्पत्ति शुद्धीकरणको कसुर हुनका लागि सम्बद्ध कसुर (उचभमष्अबतभ याभलअभक) र त्यस्तो कसुरबाट प्राप्‍त सम्पत्तिको विद्यमानता हुनुपर्ने । सम्बद्ध कसुरबाट प्राप्‍त सम्पत्तिको वास्तविक प्रकृति, आयस्रोत, स्थान, हस्तान्तरण, गति र त्यसमाथिको अधिकार वा स्वामित्वलाई सो सम्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11515वि.सं. २०८२संयुक्त इजलास

उत्प्रेषण, निषेधाज्ञासमेत

सार्वजनिक पद धारण गरेको कुनै व्यक्तिउपर भ्रष्टाचार मुद्दा दायर भएमा मुद्दाको किनारा नभएसम्म त्यस्तो व्यक्ति आफ्नो पदबाट स्वतः निलम्बन हुने र त्यस्तो व्यक्ति अन्य कुनै सार्वजनिक पदमा रही कामकाज गर्नसमेत रोक लगाइएको मानिने । (प्रकरण नं.२) भ्रष्टाचारसँग सम्बन्धित…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11514वि.सं. २०८२संयुक्त इजलास

परमादेशसमेत

आखेटोपहारहरूको अवैध प्रयोगलाई निषेध गरी उचित र व्यावहारिक व्यवस्थापन गर्ने विषयलाई वातावरणीय कानूनमा रहेको सावधानीको सिद्धान्त (उचभअबगतष्यलबचथ उचष्लअष्उभि) तथा वातावरण संरक्षणलाई प्राथमिकता दिनुपर्ने (ष्ल मगदष्य उचय लबतगचब) सिद्धान्तको आधारमा समेत हेर्नुपर्ने…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11513वि.सं. २०८२संयुक्त इजलास

उत्प्रेषणसमेत

राष्ट्र बैंक ऐन, २०५८ को दफा ५१ ले नेपाली रूपैयाँ १०० पैसामा विभाजित हुने भन्ने मौद्रिक इकाइको व्यवस्था गरेबाट दशलमवपछाडि रहने दुई अङ्कले पैसालाई मात्र इंगित गर्छ भन्न सकिने भए पनि बोलपत्रको रकम प्रस्तावित गर्दा दशमलवपछि दुईभन्दा बढी अङ्क उल्लेख गर्न पाइँदैन भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11512वि.सं. २०८२पूर्ण इजलास

अंश चलन

नाता पुस्तामा विवाद नहुनु वा अंशबन्डा गर्नुपर्ने नाता सम्बन्धको व्यक्ति हुनु भनेको नै स्वतः अंश पाउने भनी अर्थ गर्न नमिल्ने । निजहरूबिच पहिले अंशबन्डा भई भिन्‍न भए नभएको यकिन हुनुपर्ने । (प्रकरण नं.३) व्यवहार प्रमाणको यकिन गर्ने विषय मुद्दाको तथ्य, सम्पत्तिको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11511वि.सं. २०८२पूर्ण इजलास

उत्प्रेषण, परमादेशसमेत

लोक सेवा आयोगले सञ्‍चालन गर्ने प्रतियोगितात्मक परीक्षामा सामेल उम्मेदवारहरू अनिवार्य रूपमा उत्तीर्ण हुन्छन् र उम्मेदवार बहाल रहेको पद रिक्त हुन्छ भनी अनुमान गरी सो पदलाई समेत रिक्त पद गणना गर्नु कानूनसम्मत एवं व्यावहारिक नहुने । प्रतियोगितात्मक परीक्षाद्वारा प…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11510वि.सं. २०८२संयुक्त इजलास

कर्तव्य ज्यान र जबरजस्ती करणी

कुनै अभियोग लागेको अभियुक्तले अदालतसमक्ष बयान गर्दा आफूउपरको आरोपित कसुरमा इन्कारी बेहोराको बयान गर्दैमा वा अनुसन्धानको क्रममा भएको आफ्नो साबिती बयान बेहोरा आफ्नो स्वेच्छापूर्वक नभई अन्यथा किसिमले भएको हो भनी जिकिर लिँदैमा त्यसले स्वतः प्रमाणको ग्राह्यता प्राप…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11509वि.सं. २०८२संयुक्त इजलास

लिखत दर्ता बदर, बदर पूर्ववत् कायम

हदम्यादसम्बन्धी कानूनी व्यवस्था व्यक्तिको विश्रान्ति (repose), निश्‍चितता (certainty), जोखिमविहीनता (risk free), प्रमाण फेरबदलबाट बचावट (prevention from distortion of evidences), अरूको हकको संरक्षण (protection of equitable rights of others) जस्ता अहम् सवालहरूक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11508वि.सं. २०८२संयुक्त इजलास

उत्प्रेषण परमादेश

न्यूनतम पारिश्रमिकको व्यवस्था सरकारद्वारा राजपत्र तथा कानूनमार्फत गर्ने र प्रत्येक दुई वर्षमा त्यसमा पुनरावलोकन गर्ने तथा उक्त व्यवस्था निश्‍चित श्रेणी (grade) तथा क्षेत्र (field) को कामदारहरूलाई मात्र लागु हुने भनी स्पष्ट कानूनको व्यवस्था नभएको अवस्थामा न्यून…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11507वि.सं. २०८२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

भू-उपयोग ऐन, २०७६ को प्रयोगका सम्बन्धमा गरिएका सारभूत व्यवस्थाहरूलाई उक्त ऐन तथा नियमावलीमा उल्लेख गरेको प्रक्रिया पूरा गरी कार्यान्वयन गर्नुपर्ने । त्यस्तै नेपालको संविधानको धारा २५ ले प्रत्येक नागरिकलाई कानूनको अधीनमा रही सम्पत्ति आर्जन गर्ने, भोग गर्ने, बेच…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11506वि.सं. २०८२संयुक्त इजलास

उत्प्रेषण परमादेशसमेत

न्याय प्रशासन ऐन, २०७३ को दफा ११ को पहिलो वाक्यको बनावट (construction) लाई दोस्रोले, दोस्रोलाई तेस्रोले स्पष्टता दिएको देखिने । उक्त दफा ११ लाई समाञ्‍जस्यपूर्ण तरिकाबाट व्याख्या (harmonious interpretation) गरिनुपर्ने । कानूनको परिवर्तित सन्दर्भ र संशोधनको मर्म…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11505वि.सं. २०८२संयुक्त इजलास

सरकारी पर्ती जग्गा दर्ता गराई भ्रष्‍टाचार गरेको

भ्रष्टाचार शब्द यति ब्यापक छ कि यसलाई निश्‍चित परिभाषामा सीमित गर्नु आफैँमा कठिन र जोखिमपूर्ण भएकै कारण विधायिकाले यसको खास परिभाषा नगरी भ्रष्टाचारमा कारबाही गरिने केही कसुर र त्यसको सजाय मात्र उल्लेख गरेको तथ्य बोधगम्य भएबाट ऐनमा वर्णित कसुर मात्र भ्रष्टाचारक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11504वि.सं. २०८२संयुक्त इजलास

सवारी ज्यान

लापरवाही गरी सवारी चलाउँदा कसैको ज्यान जानसक्ने अवस्थाको जानकारी चालकमा हुनु र सो हुँदासमेत उचित सावधानी नअपनाउनुलाई लापरवाहीपूर्ण सवारी चलाएको मानिने । सवारी लापरबाही साथ चलाएको हो कि होइन भन्‍ने तथ्यको निर्क्यौल सवारीको गति, बाटोको अवस्था, चालकको अवस्था (माद…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11503वि.सं. २०८२संयुक्त इजलास

झुट्टा विवरण पेस गरी नागरिकता लिई किर्ते गरेको ।

झुट्टा विवरण पेस गरी नागरिकता लिई किर्ते गरेको

कानून प्रतिकूल तवरबाट नागरिकताको प्रमाणपत्र तयार गरी राहदानी लिने कार्यमा प्रयोग गरेको अवस्थामा नागरिकता रद्द भइसकेको भन्ने आधारमा नै प्रतिवादीलाई सफाइ दिन नमिल्ने । कसुरजन्य कार्य भएको अवस्थामा सोबापत कानूनबमोजिमको फौजदारी दायित्व प्रतिवादीले बेहोर्नु नै पर्न…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11502वि.सं. २०८२संयुक्त इजलास

उत्प्रेषणसमेत

सामान्यतया प्रत्यायोजित विधायनको पुनःप्रत्यायोजन नहुने । प्रत्यायोजित विधायन विधायिकाले बनाएको कानूनले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही प्रत्यायोजित अख्तियारी र सर्तमा मात्रै सीमित रही बनाउनुपर्ने । अधिकार नरहेको विषयमा क्षेत्राधिकार ग्रहण गरी गरेको कार्यल…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11501वि.सं. २०८२पूर्ण इजलास

अंश दर्ता

सगोलका परिवारमध्ये जुनसुकै अंशियारहरूको नाउँमा सम्पत्ति रहे तापनि अन्यथा प्रमाणित नभएसम्म उक्त सम्पत्तिमा सबै अंशियारहरूको अंश हक लाग्ने भन्ने प्रमाण ऐन, २०३१ को दफा ६(क) को कानूनी व्यवस्था मानो नछुट्टिई सगोलमा रहे भएका अंशियारहरूको हकसम्ममा आकर्षित हुने कानून…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11500वि.सं. २०८२पूर्ण इजलास

कुटपिट अङ्गभङ्ग

अङ्गभङ्गको कसुर यकिन गर्ने सन्दर्भमा केवल चोटलाई सतही रूपमा मात्र नहेरी विशेषतः त्यो चोटले पीडितको जीवन, काम गर्ने क्षमता वा शरीरको संरचनामा दीर्घकालीन असर तथा त्यस चोटको बारेमा चिकित्सकको राय (expert opinion) लाई आधार लिई पीडितको चोटको गम्भीरता, पीडितको अवस्थ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11499वि.सं. २०८२पूर्ण इजलास

अंश चलन

दाइजो वा पेवा आफूखुसी गर्न नपाउने गरी अन्य कुनै कानूनी व्यवस्थाले सङ्कुचन वा नियन्त्रण गरेको नदेखिने । दाइजो, पेवाबाट आर्जित सम्पत्ति अन्य कसैलाई बिक्री व्यवहार हक हस्तान्तरण गर्न निषेध नगरी आफूखुस गर्न पाउने हकको रूपमा स्त्री अंशधनको महलको ५ नं. र अंशबन्डाको…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11498वि.सं. २०८२संयुक्त इजलास

लिखत दर्ता बदर दर्ता

सुरू अदालतले मुल्तबीमा राख्‍ने गरी गरेको आदेश बदर गराउन नगई तत्काल स्वीकार गरी बस्ने, सुरू फैसलाउपर उच्च अदालतमा गरेको पुनरावेदनमा यस विषयमा जिकिर नै नलिने र उच्च अदालतले गरेको फैसलामा सोही आफूले जिकिर नै नलिएको विषयमा नबोलिएको त्रुटि भएको भनी यस अदालतमा जिकिर…

नजिर सार पढ्नुहोस् →
नि.नं. 11497वि.सं. २०८२संयुक्त इजलास

उत्प्रेषणयुक्त परमादेश

भन्सार महसुल कुनै पनि मालवस्तु भन्सार बिन्दुमा आएपछि लाग्ने प्रकृतिको कर हो । भन्सार बिन्दुमा मालवस्तु प्राङ्गणमा दाखिला भएपछि मात्र भन्सारको काम, कारबाही र प्रक्रिया सुरू हुने हुँदा तत्काल प्रचलित कानूनअनुसार कायम रहेको भन्सार महसुल उक्त वस्तु जाँचपास गर्ने ब…

नजिर सार पढ्नुहोस् →