नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11511 · वि.सं. २०८२

नि.नं. 11511 — उत्प्रेषण, परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

लोक सेवा आयोगले सञ्‍चालन गर्ने प्रतियोगितात्मक परीक्षामा सामेल उम्मेदवारहरू अनिवार्य रूपमा उत्तीर्ण हुन्छन् र उम्मेदवार बहाल रहेको पद रिक्त हुन्छ भनी अनुमान गरी सो पदलाई समेत रिक्त पद गणना गर्नु कानूनसम्मत एवं व्यावहारिक नहुने । प्रतियोगितात्मक परीक्षाद्वारा पूर्ति हुने सहसचिव पदमा कथम्‌कदाचित् कुनै प्रतियोगी उत्तीर्ण हुन नसकेको कारणवश निर्धारित मितिमा परीक्षा हुन नसकेमा पनि उपसचिवको पद रिक्त नहुने अवस्थामा अनुमान गरी माग गरिएको उपसचिव पदमा समेत पदस्थापन गर्न कठिनाई तथा कानूनी जटिलता सिर्जना हुने । आन्तरिक प्रतियोगितात्मक परीक्षामा पनि उम्मेदवारहरू निश्‍चित रूपमै उत्तीर्ण हुने अनुमान गरी ती पदहरू पनि स्वतः रिक्त हुने मानी विज्ञापनमा समावेश गरी पदपूर्तिको सूचना प्रकाशन गर्नुपर्छ भन्‍न कानूनसम्मत नहुने । (प्रकरण नं.७) निजामती सेवा ऐन, २०४९ को दफा ७ मा बढुवाको संरचनाभित्र ज्येष्ठता र कार्यसम्पादनको मूल्याङ्कन, कार्यक्षमताको मूल्याङ्कन तथा आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवासमेत तीनै किसिमको बढुवासमेत समावेश हुने देखिए पनि कार्यविधिगत रूपमा यी तीन किसिमको बढुवामा आधारभूत अन्तर देखिने । खास गरी आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बढुवामा लिखित तथा अन्तर्वार्तासहितको प्रतिष्पर्धात्मक परीक्षाद्वारा उम्मेदवारको क्षमता परीक्षण गरी न्यूनतम उत्तीर्णाङ्क प्राप्‍त गर्ने व्यक्ति मात्र योग्यताक्रमको आधारमा बढुवाको लागि योग्य मानी सिफारिस गरिने परीक्षा विधिबाट परीक्षा लिँदा रिक्त संख्याका सबै पदमा सहभागी उम्मेदवारहरू उत्तीर्ण भई पदपूर्ति हुन्छ नै भनी यकिनसाथ भन्न नसकिने । (प्रकरण नं.१२) निजामती सेवा ऐन, २०४९ को ७क. मा रहेको कानूनी व्यवस्थाको व्याख्या गर्दा निजामती सेवामा हाल कायम रहेका दश वटा सेवामध्येको एक नेपाल परराष्ट्र सेवाको हकमा एउटा अर्थ र अन्य नौ वटा सेवाको हकमा अर्को अर्थ हुने गरी प्रयोग र व्याख्या गर्नु उचित र तर्कसङ्गत नहुने । (प्रकरण नं.१४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11511
मुद्दाको विषयउत्प्रेषण, परमादेशसमेत
निर्णय वर्ष / मिति2082/01/04
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशप्रकाशमान सिंह राउत, टेकप्रसाद ढुङ्गाना, नित्यानन्द पाण्‍डेय
मुद्दा नं.०८१-WF-००१२
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11511
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्