नजिर खोज

नेपाल कानून पत्रिकाका नजिर, घटना लेखेर खोज्नुहोस्

Hello Wokil मा नेपाल कानून पत्रिका (ने.का.प.) मा छापिएका सर्वोच्च अदालतका नजिर घटना आफ्नै शब्दमा लेखेर खोजिन्छ, र मिल्ने नजिर पाठसहित आउँछन्।

संग्रहमा कति नजिर छन्?

Hello Wokil को संग्रहमा नेपाल कानून पत्रिकाका १०,५४९ नजिर छन्, वि.सं. २०१५ देखि २०८२ सम्मका। यो अङ्क app ले संग्रहबाटै गन्छ।

नजिर कसरी खोज्ने?

  • घटना आफ्नै शब्दमा लेख्नुहोस्, जस्तै जग्गा खिचोला। मिल्ने ने.का.प. का नजिर पाठसहित आउँछन्।
  • नि.नं. याद नभए पनि हुन्छ।
  • Romanized मा लेख्दा पनि नेपालीमै खोजिन्छ: jagga khichola लेख्दा जग्गा खिचोला खोजिन्छ।
  • attempted murder जस्ता English शब्दलाई संग्रहमा प्रयोग भएको नेपाली कानूनी शब्दमा बुझेर खोजिन्छ।

नतिजामा के देखिन्छ?

हरेक नजिरसँग ने.का.प. को साल, अंक र नि.नं. देखिन्छ, जस्तै ने.का.प. २०८२, अंक २, नि.नं. ११३९९ (जग्गा खिचोला, संयुक्त इजलास)।

मस्यौदामा नजिर कसरी आउँछ?

मस्यौदा बनाउँदा तपाईंले टिक लगाएका नजिर मात्र उद्धृत हुन्छन्। अरू दफा वा नजिर लेखियो भने समीक्षामा चिन्ह लाग्छ।

प्रायः सोधिने प्रश्न

नि.नं. थाहा नभए पनि नजिर भेटिन्छ?

भेटिन्छ। घटना आफ्नै शब्दमा लेख्नुहोस्, मिल्ने ने.का.प. का नजिर पाठसहित आउँछन्।

संग्रहमा कुन नजिर छन्?

नेपाल कानून पत्रिकाको वेबसाइटमा राखिएका सर्वोच्च अदालतका नजिर। त्यहाँ नयाँ नजिर आएपछि हामी संग्रहमा थप्छौँ।

विषय लेखेर नजिर खोज्न मिल्छ?

मिल्छ। जग्गा खिचोला, अंशबण्डा, लेनदेन जस्ता विषय वा घटना लेख्नुहोस्, मिल्ने नजिर पाठसहित आउँछन्।

English वा English अक्षरमा लेख्दा पनि भेटिन्छ?

भेटिन्छ। jagga khichola वा attempted murder लेख्दा पनि नेपाली नजिर नै आउँछन्।

नयाँ नजिर कहिले थपिन्छ?

ने.का.प. को वेबसाइटमा नयाँ नजिर आएपछि संग्रहमा थपिन्छ।

आफ्नै मुद्दाको घटना लेखेर हेर्न चाहनुहुन्छ?

डेमो बुक गर्नुहोस्