ऐन र नियमावली

ऐन र नियमावली, दफा-दफा पढ्नुहोस् र खोज्नुहोस्

Hello Wokil मा नेपालका ऐन र नियमावली दफा-दफा पढ्न र भित्रै खोज्न मिल्छ, संशोधन चिन्हसहित, र मूल PDF भएका ऐनमा नेपाल कानून आयोगको PDF पनि सँगै खुल्छ।

संग्रहमा के छ?

Hello Wokil को संग्रहमा ७४० ऐन र नियमावली छन्, जम्मा ३४,०५८ दफा। यी अङ्क app ले संग्रहबाटै गन्छ।

ऐन पढ्दा के-के मिल्छ?

  • ऐन दफा-दफा पढ्नुहोस् र ऐनभित्रै खोज्नुहोस्।
  • संशोधन भएका ठाउँमा चिन्ह देखिन्छ।
  • मूल PDF भएका ऐनमा नेपाल कानून आयोगको PDF खुल्छ, र ऐनको उद्धरण कपी गर्न मिल्छ।
  • खारेज भएको ऐनमा खारेज भएको सूचना र अहिले लागू ऐनको लिङ्क देखिन्छ।

प्रश्न सोधेर दफा भेटिन्छ?

भेटिन्छ। नेपाली वा English मा प्रश्न सोध्नुहोस्, उत्तरसँगै संग्रहका सन्दर्भ आउँछन्। जस्तै, अर्काको जग्गा मिचेर घर बनाएमा मुलुकी देवानी संहिता, २०७४ को दफा २७७ र २७९ सन्दर्भमा आउँछन्।

मस्यौदामा दफा कसरी आउँछ?

मस्यौदामा तपाईंले टिक लगाएका दफा मात्र उद्धृत हुन्छन्। उद्धरण छानेको स्रोतसँग नमिले चिन्ह लाग्छ।

प्रायः सोधिने प्रश्न

ऐनको मूल PDF हेर्न मिल्छ?

मूल PDF भएका ऐनमा नेपाल कानून आयोगको PDF ऐन पढ्ने ठाउँमै खुल्छ।

दफा खोज्न ऐनको नाम थाहा हुनुपर्छ?

पर्दैन। नेपाली वा English मा प्रश्न सोध्नुहोस्, उत्तरसँगै संग्रहका सन्दर्भ आउँछन्।

आफ्नै मुद्दाको दफा खोजेर हेर्न चाहनुहुन्छ?

डेमो बुक गर्नुहोस्