नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11519 · वि.सं. २०८२

नि.नं. 11519 — गोली हानी मारेको कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

फौजदारी मुद्दामा प्रतिवादीउपर के अभियोग लागेको थियो भन्‍ने भन्दा पनि प्रतिवादीले कसुरजन्य के कस्तो कार्य गर्‍यो र सो कार्य गर्दाको अवस्था र परिस्थितिको न्यायसङ्गत मूल्याङ्कन गर्नु न्यायकर्ताको पहिलो कर्तव्य हुने । अपराध स्थापित भएपछि उक्त अपराध ऐनद्वारा निषेधित कुन श्रेणीको हो भन्‍ने वर्गीकरण गरी सोहीअनुसार सजाय निर्धारण गर्ने कार्यले मात्र न्यायको अभिष्ट पूरा हुने । अपराध स्थापित हुनासाथ सोको न्यायसङ्गत वर्गीकरण विना दाबीबमोजिमको कसुर कायम गर्नु फौजदारी न्यायको सिद्धान्त प्रतिकूल हुने । प्रतिवादीउपर तत्कालीन मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(१) को अभियोग लागे तापनि मिसिल संलग्न प्रमाणहरूबाट प्रतिवादीले गरेको कार्य १३(१) बमोजिमको मनसायप्रेरित हो या ऐ. को १४ नं.बमोजिम आवेशप्रेरित हो वा ऐ. को ५ नं.बमोजिमको भवितव्यबाट मृतकको मृत्यु हुन पुगेको हो भन्‍नेतर्फ न्यायकर्ताको न्यायिक दृष्टि पुग्नुपर्ने । (प्रकरण नं.२०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11519
मुद्दाको विषयगोली हानी मारेको कर्तव्य ज्यान
निर्णय वर्ष / मिति2080/12/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशडा. कुमार चुडाल, सुनिलकुमार पोखरेल
मुद्दा नं.०७५-CR-२१८९ | ०७६-CR-०४६०
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11519
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्