सर्वोच्च अदालत नजिर अभिलेख (ने.का.प.)

सर्वोच्च अदालतका ने.का.प. नजिर तथा सिद्धान्त सार सूची

निर्णय नं., मुद्दाको विषय वा शब्द राखी नेपाल कानून पत्रिका (NKP) का सार्वजनिक नजिर सार र इजलास विवरण हेर्नुहोस्।

कुल २०६ नजिर अभिलेखमध्ये पृष्ठ १ / ९

नि.नं. 10622वि.सं. २०७७संयुक्त इजलास

बन्दीप्रत्यक्षीकरण

मातहत अदालतले मुद्दाको प्रकृति, प्रतिवादीको संख्या, वारदातमा निजको भूमिकासमेतका आधारमा मुद्दाका पक्षलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७७ को सुविधा दिने नदिने निर्क्यौल गर्नुपर्ने एवं उक्त कानूनी व्यवस्थाबमोजिम सबै कुरा कानूनअनुकूल रहे सुविधा दिन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10621वि.सं. २०७७संयुक्त इजलास

क्षतिपूर्ति दिलाई पाऊँ

स्वास्थ्य उपचारमा संलग्न हुने चिकित्सकहरूले बिरामीप्रति उच्चस्तरको हेरचाह (high degree of care) गर्नुपर्ने कर्तव्य रहन्छ । यदि चिकित्सकले होसियार नभई हेलचेक्र्याईं (negligence) पूर्वक बिरामीको चेकजाँच गरेमा चिकित्सकको सो कार्य दुष्कृतिअन्तर्गत पर्ने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10620वि.सं. २०७७संयुक्त इजलास

हाडनातामा जबरजस्ती करणी

पीडितले जन्माएको नवजात बच्चाको बाबु प्रतिवादी होइनन् भनी DNA परीक्षणले देखाएको कारणले आरोपित जबरजस्ती करणीको कसुर निज प्रतिवादीबाट हुनै सक्दैन भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.६) जबरजस्ती करणीको कसुर र पीडितले धारण गरेको गर्भसम्बन्धी विषय छुट्टाछुट्टै विषय भ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10619वि.सं. २०७७संयुक्त इजलास

शेषपछिको बकसपत्र बदर

कुनै अंशियारले अंश वा कुनै मुद्दा चलेको नभए पनि वा अंश मुद्दा चल्दै गरेको अवस्थामा आफ्नो अंश भाग अष्टलोह आदि जे भएको आफ्नो जीवित कालमा नै अंशियारभित्रको वा बाहिरको अन्य व्यक्तिलाई कुनै पनि बेहोराले हक छाडिदिएमा त्यस्तो कार्य हक भएको व्यक्तिले गर्न पाउने । कुनै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10618वि.सं. २०७७संयुक्त इजलास

कर्तव्य ज्यान

मृतकको शव परीक्षण गर्ने डाक्टरले कुनै आधार कारण नखुलाई मृत्युको कारण Opinion on Cause of Death Hanging भनी उल्लेख गरेको शव परीक्षण प्रतिवेदनलाई मात्र आधार मानी मृतकले झुन्डिएर आत्महत्या गरेको भनी निर्ष्कषमा पुग्न नसकिने । विशेषज्ञको राय, आधार र कारण अन्य स्वतन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10617वि.सं. २०७७संयुक्त इजलास

मानव बेचबिखन तथा ‌ओसारपसार

मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ ले नै दफा १५ (१) (ख) मा वेश्यावृत्तिमा लगाउनेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था गरेको छ भने वेश्यावृत्तिमा लगाउन ललाई फकाई गर्ने आफूसँग राख्‍नेलाई ऐ. ऐनको दफा १५ (१)ङ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10616वि.सं. २०७७संयुक्त इजलास

कर्तव्य ज्यान

अभियुक्तलाई चुप लाग्ने तथा आफूउपरको अभियोगउपर आधार र कारणसहित प्रतिवाद गर्ने दुवै अधिकार रहने भएको हुँदा न्यायिक प्रक्रियामा सहयोग नगरेको आधारमा मात्र अभियोग दाबीअनुसार कसुरदार ठहर गर्दा न्यायको मर्म तथा प्रचलित कानून प्रणाली प्रतिकूल निर्णय हुन जाने । (प्रकरण…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10615वि.सं. २०७७संयुक्त इजलास

निषेधाज्ञा

निषेधाज्ञाको आदेश जारी हुँदैमा कुनै पनि फौजदारी मुद्दाको अनुसन्धान तहकिकात गर्नलाई रोक लगाएको भनी अर्थ गर्न नमिल्ने हुँदा कानूनबमोजिम आफ्नो अख्तियारीभित्रको क्षेत्रमा कानूनको प्रक्रियाबमोजिम कारबाही गर्नलाई यस्तो आदेशले नरोक्ने । (प्रकरण नं.४)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10614वि.सं. २०७७संयुक्त इजलास

कर्तव्य ज्यान

आफूले गरेको काम थाहा नपाउने मानसिक अस्वस्थतामा रहेको दाबी गर्नेले सोको पुष्टि आफैँले गर्नुपर्ने हुन्छ र सो हुनसकेमा मात्र मानसिक अस्वस्थताको दाबी (defense of insanity) स्वीकार्य हुने । (प्रकरण नं.७२) मानसिक रोगको विशेषज्ञबाट वैज्ञानिक विधि प्रक्रियाको आधारमा घ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10613वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / परमादेश

गाउँपालिकाको केन्द्र तोक्ने सम्बन्धमा कुनै प्रकारको व्यावहारिक सुविधा र असुविधा जस्ता कारण देखाएर नेपाल सरकारबाहेक अन्य कुनै निकाय, पदाधिकारी वा स्थानीय जन समुदायको भेलाबाट आफूखुसी गा.वि.स. को केन्द्र तोक्ने, स्थानान्तरण गर्ने वा परिवर्तन गर्ने जस्ता कार्य गर्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10612वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / परमादेश

सार्वजनिक बाटोको जग्गा दर्तामा घुसाएको भनी प्रश्‍न उठिसकेपछि सो जग्गाको नापजाँच सर्जमिन गरी यथार्थ के हो यकिन गर्नुपर्ने । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको निर्णय बदर हुनासाथ मालपोत कार्यालयको निर्णय स्वत: बदर भइहाल्छ भन्‍न नमिल्ने । (प्रकरण नं.१३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10611वि.सं. २०७७संयुक्त इजलास

ठगी तथा सरकारी छाप दस्तखत किर्ते

लिखत किर्ते गरेको मुद्दामा लिखत कसले तयार पार्‍यो वा किर्ते गर्‍यो भन्ने तथ्यको खोजी गर्न जरूरी हुने । लिखतसम्बन्धी अपराध गर्ने व्यक्ति प्रत्यक्ष रूपमा नदेखिएको वा अपराध गर्दा गर्दै पक्राउ नपरेको अवस्थामा अनुमानको आधारमा फलानाले नै तयार गरेको हो वा दिएको हो भन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10610वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण

मुलुकको आर्थिक प्रशासनलाई बलियो बनाउन, देश विकासको गतिलाई तीव्र पार्न र सर्वसाधारण नागरिकलाई आर्थिक सुविधा प्रदान गर्न हरेक आर्थिक वर्षहरूमा सरकारले कर, राजस्व र शुल्क उठाउने नयाँनयाँ क्षेत्रहरूको पहिचान गरी करका दररेटहरू र कार्यविधिसमेत निर्धारण गर्न सक्ने नै…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10609वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / परमादेश

वस्तुतः कुनै सरकारी निकायका कर्मचारीहरूको दरबन्दी नेपाल सरकारले आवश्यकतानुसार आफ्नो तजबिजले थपघट गर्न सक्दछ । यो सरकारको अधिकारको कुरा हो । यसरी दरबन्दी थपघट गर्दा सेवा प्रवाहलाई नियमित, सुव्यवस्थित र प्रभावकारी कायम गर्ने कुरालाई हेरिन्छ; हेरिनु पर्दछ । कसैला…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10608वि.सं. २०७७संयुक्त इजलास

जबरजस्ती करणी

जबरजस्ती करणी जस्तो जघन्य आपराधिक कार्यबाट पीडित नाबालिकामा पर्न गएको शारीरिक र मानसिक प्रभावका कारण अदालतमा बकपत्र गर्दा पीडितले व्यक्त गर्ने वारदातको तथ्यहरूको सामान्य भिन्‍नताकै कारण पीडितले व्यक्त गरेका अन्य मौलिक तथ्यका कुराको प्रामाणिक मूल्य समाप्‍त नहुन…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10607वि.सं. २०७७संयुक्त इजलास

कर्तव्य ज्यान

फौजदारी कसुरमा आरोपित व्यक्तिउपरको जिकिर अन्य स्वतन्त्र प्रमाणले पुष्टि गर्नुपर्नेमा प्रतिवादी फरार रहेको भन्ने आधारमा मात्र आरोपित व्यक्तिउपरको अभियोग स्थापित हुन सक्दैन । फरार रहेकै आधारमा मात्र अभियोग पुष्टि हुने हो भने न्यायको मर्म खण्डित हुने र अनुसन्धान…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10606वि.सं. २०७७संयुक्त इजलास

जबरजस्ती करणी

जबरजस्ती करणी मुद्दामा वारदातको सम्बन्धमा पीडितको मौकाको बयान, किटानी जाहेरी, पीडितको स्वास्थ्य परीक्षण, घटनास्थल मुचुल्का, प्रतिवादीको अनुसन्धान अधिकारीसमक्ष भएको साबिती बयान तथा घटना सम्बन्धमा अन्य व्यक्तिले गरिदिएको कागजबाट जबरजस्ती करणी पुष्टि भइरहेको अवस्…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10605वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / परमादेश

आफैँले आधिकारिक निकायमा पेस गर्ने कागजातमा एउटा वतन उल्लेख गर्ने, त्यही वतन उल्लेख गरी कम्पनी सञ्‍चालन गर्न अनुमति प्राप्त गर्ने, सेयरको लाभ लिने र कम्पनीकै विषयमा मुद्दा दर्ता भइसकेपछि आफ्नो वतन त्यो होइन, त्यसमा म्याद सूचना प्रकाशित गर्दा प्रतिरक्षा गर्न पाइ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10604वि.सं. २०७७पूर्ण इजलास

बन्दीप्रत्यक्षीकरण

सैनिक ऐनबमोजिमको कसुर भन्नाले सैनिक ऐनको दफा ३८ देखि ६५ सम्मका कसुर भनेर बुझ्नुपर्दछ भनी ऐनले नै स्पष्ट व्यवस्था गरेकाले सो ऐनको दफा ३८ देखि ६५ सम्मका कसुर गरेको अवस्थामा मात्र सैनिक अदालतको क्षेत्राधिकारभित्र पर्ने देखिने । उक्त दफाहरूमा व्यवस्थित कसुरबाहेक अ…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10602वि.सं. २०७७संयुक्त इजलास

मानव बेचबिखन तथा ओसारपसार

वादी पक्षका साक्षीहरूले जाहेरवालाको कुरा सुनेकै भरमा बकपत्र गरेको देखिएबाट त्यस्तो जाहेरी बेहोरा जाहेरवालाको बकपत्र र निजले भनेकाले सुनी थाहा पाएको हो भन्‍ने साक्षी भनाइका आधारबाट मात्र मानव बेचबिखनजस्तो गम्भीर अपराधमा दोषी ठहर गर्नु न्याय र कानूनसङ्गत नहुने ।…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10601वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / निषेधाज्ञा / परमादेश

स्थानीय समुदायको धर्म, संस्कृति, मूल्य, मान्यता संरक्षण र संवर्द्धन गर्न परम्परादेखि चली आएको कब्रस्थानको जग्गाको हकमा समेत उचित व्यवस्था गर्नुपर्ने । (प्रकरण नं.१० र १३)

नजिर सार पढ्नुहोस् →
नि.नं. 10599वि.सं. २०७७संयुक्त इजलास

उत्प्रेषण / परमादेश

राज्यद्वारा निर्मित ऐन नियमहरूमा राज्यको भन्दा पनि कर्मचारीहरूको हक-हित सम्बर्द्धन गरिएको हुन्छ । निजामती सेवाको सेवा सर्तसम्बन्धी व्यवस्था राज्य र कर्मचारीबिचको सम्बन्धलाई निश्चित गर्ने र कर्मचारीको सेवाको सुरक्षाको प्रत्याभूति दिने महत्त्वपूर्ण कडीको रूपमा र…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10598वि.सं. २०७७संयुक्त इजलास

लागु औषध (डाइजेपाम तथा नाइट्रोभेटसमेत)

सेवनकर्ताले पनि कहीँ-न-कहीँबाट लागु औषध प्राप्त गर्ने हुन्छ । यसरी प्राप्त गर्ने र आफ्नो साथमा लिई हिँड्ने कार्य व्यापारिक प्रकृतिको अर्थात् अरू मानिसलाई बिक्री गरी नाफा वा लाभ प्राप्त गर्ने गरेको भन्ने नदेखिएको अवस्थामा त्यसलाई खरिद-बिक्री, सञ्चय वा ओसारपसारक…

नजिर सार पढ्नुहोस् →
नि.नं. 10596वि.सं. २०७७संयुक्त इजलास

मानव बेचबिखन तथा ओसारपसार

फौजदारी कसुरमा जसले जे जस्तो कसुर गरेको हो सोहीअनुसारको नै सजाय हुनु न्यायोचित हुन जाने हुन्छ । केबल कसुर कायम भयो भन्दैमा कसुरको मात्रालाई विचारै नगरी ठुलो सजाय गराउने र गर्ने उद्देश्यबाट अभिप्रेरित भई बलपूर्वक व्याख्या गरी ठुलो सजाय तोकिनु फौजदारी न्यायको मर…

नजिर सार पढ्नुहोस् →