नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10621 · वि.सं. २०७७
नि.नं. 10621 — क्षतिपूर्ति दिलाई पाऊँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
स्वास्थ्य उपचारमा संलग्न हुने चिकित्सकहरूले बिरामीप्रति उच्चस्तरको हेरचाह (high degree of care) गर्नुपर्ने कर्तव्य रहन्छ । यदि चिकित्सकले होसियार नभई हेलचेक्र्याईं (negligence) पूर्वक बिरामीको चेकजाँच गरेमा चिकित्सकको सो कार्य दुष्कृतिअन्तर्गत पर्ने । (प्रकरण नं.१५) स्वास्थ्य परीक्षणअन्तर्गत सम्बन्धित सेवाग्राहीले यथार्थपरक पूर्ण स्वास्थ्य विवरण प्राप्त गर्ने हक अन्तर्निहित हुन्छ भने त्यस्तो सेवामा कार्यरत चिकित्सक र सम्बन्धित स्वास्थ्य संस्थाको त्यस्ता प्रतिवेदन यथार्थपरक बनाउनुपर्ने कर्तव्य समावेश भएको हुने । (प्रकरण नं.१८) कुनै मुद्दामा चिकित्सकीय लापरबाही गरी उपभोक्ता संरक्षण ऐनको बर्खिलाप कार्य गरियो वा गरिएन भन्ने सन्दर्भमा बिरामीको स्वास्थ्य परीक्षण र उपचार गर्ने दायित्व स्वीकार गरियो वा गरिएन भन्ने कुरा महत्त्वपूर्ण हुने । (प्रकरण नं.२३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10621 |
|---|---|
| मुद्दाको विषय | क्षतिपूर्ति दिलाई पाऊँ |
| निर्णय वर्ष / मिति | 2077/10/07 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री दीपककुमार कार्की | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश श्री हरिकुमार पोखरेल |
| मुद्दा नं. | ०७०-CI-०३६६ | ०७०-CI-०३६७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10621 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
