नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10614 · वि.सं. २०७७
नि.नं. 10614 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
आफूले गरेको काम थाहा नपाउने मानसिक अस्वस्थतामा रहेको दाबी गर्नेले सोको पुष्टि आफैँले गर्नुपर्ने हुन्छ र सो हुनसकेमा मात्र मानसिक अस्वस्थताको दाबी (defense of insanity) स्वीकार्य हुने । (प्रकरण नं.७२) मानसिक रोगको विशेषज्ञबाट वैज्ञानिक विधि प्रक्रियाको आधारमा घटना घटेको समयमा प्रतिवादी आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मानसिक रूपमा अस्वस्थ रहेको पुष्टि गरेको हुनुपर्दछ । डाक्टरको त्यस्तो रायलाई घटना घटाउनु अघिपछि र घटना घटाएको समयको प्रतिवादीको व्यवहार गतिविधिले समेत थप पुष्टि गरेमा मात्र कानूनन: defense of insanity लाई स्वीकार्य मान्नुपर्ने । (प्रकरण नं.७५) मानसिक रोगी भए पनि अभियुक्त / प्रतिवादी होसमा रहेको वा भएको घटनाको बारेमा बताउन सक्ने वा होसपूर्वक बयान दिनसक्ने वा आफूले घटाएको घटना गलत भनेर बुझ्न सक्ने अवस्थामा रहेको वा घटना घटाई त्यसको परिणाम थाहा पाई सोबाट बच्ने होसपूर्वकको प्रयास गरेको स्थितिमा यस्तो अवस्थालाई कानूनको प्रयोजनका लागि मानसिक अस्वस्थता नमानिने र अपराधबाट उन्मुक्ति दिन नसकिने । (प्रकरण नं.७७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10614 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2077/03/31 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री मीरा खडका | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री विदुर कोइराला |
| मुद्दा नं. | ०७५-CR-०२१९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10614 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
