नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10606 · वि.सं. २०७७

नि.नं. 10606 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

जबरजस्ती करणी मुद्दामा वारदातको सम्बन्धमा पीडितको मौकाको बयान, किटानी जाहेरी, पीडितको स्वास्थ्य परीक्षण, घटनास्थल मुचुल्का, प्रतिवादीको अनुसन्धान अधिकारीसमक्ष भएको साबिती बयान तथा घटना सम्बन्धमा अन्य व्यक्तिले गरिदिएको कागजबाट जबरजस्ती करणी पुष्टि भइरहेको अवस्थामा पछि अदालतमा आएर जबरजस्ती करणी भएको होइन भनी प्रतिवादी, जाहेरवाला तथा स्वयं पीडितसमेतले बयान बकपत्र गर्दैमा जबरजस्ती करणी भएको होइन भनी निष्कर्षमा पुग्न नसकिने । अन्य प्रमाणबाट कसुर पुष्टि भइरहेको अवस्थामा जाहेरवाला, पीडित तथा अन्य व्यक्तिले अनुसन्धानको क्रममा आफूले भनेको भनाइविपरीत हुने गरी अदालतमा गरेको बयान बकपत्रको आधारमा मात्र प्रतिवादीलाई सफाइ दिनु न्यायोचित नहुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10606
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2075/12/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री अनिल कुमार सिन्हा | माननीय न्यायाधीश श्री भोजराज शर्मा | माननीय न्यायाधीश श्री मुहम्मद साविर हुसैन | माननीय न्यायाधीश श्री महेन्द्रराज गौतम
मुद्दा नं.०७२-CR-११३३
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10606
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्