नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10610 · वि.सं. २०७७

नि.नं. 10610 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुलुकको आर्थिक प्रशासनलाई बलियो बनाउन, देश विकासको गतिलाई तीव्र पार्न र सर्वसाधारण नागरिकलाई आर्थिक सुविधा प्रदान गर्न हरेक आर्थिक वर्षहरूमा सरकारले कर, राजस्व र शुल्क उठाउने नयाँनयाँ क्षेत्रहरूको पहिचान गरी करका दररेटहरू र कार्यविधिसमेत निर्धारण गर्न सक्ने नै हुन्छ । मुलुकको आर्थिक विकासका लागि राजस्वको सङ्कलन आवश्यक रहेको र राजस्व सङ्कलन गर्ने प्रक्रियालाई प्रभावकारी बनाई राजस्व परिचालन र अभिवृद्धि गर्ने कुरालाई अन्यथा मान्‍न नमिल्ने । (प्रकरण नं.६) आयकर भनेको आर्जन भएको आयमा कानूनबमोजिम कट्टा गर्न पाउने रकम कट्टी गरी भएको खुद नाफामा लाग्ने कर हो । विशेष शुल्क राज्यको लागि शुल्क उठाउनुपर्ने विशेष परिस्थिति पर्न गएको कारण विशेष अवस्थामा लगाएको अन्य करहरूभन्दा फरक रहेको छुट्टै किसिमको एक प्रकारको राजस्व सङ्कलन गर्ने शुल्क भन्‍ने बुझ्नुपर्ने । आयकर छुट हुँदैमा राज्यले ऐन कानून बनाई केही अवधिको लागि राजस्व सङ्कलन गर्ने उपाय स्वरूप शुल्क दस्तुर उठाउने भनी गरेका अन्य सबै किसिमका कर दस्तुरहरू छुट हुने भन्‍न नमिल्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10610
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2076/11/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री डम्बरबहादुर शाही
मुद्दा नं.०६८-WO-०८४६
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10610
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्