नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10598 · वि.सं. २०७७

नि.नं. 10598 — लागु औषध (डाइजेपाम तथा नाइट्रोभेटसमेत)

सिद्धान्त / नजिर सार (Headnote Summary)

सेवनकर्ताले पनि कहीँ-न-कहीँबाट लागु औषध प्राप्त गर्ने हुन्छ । यसरी प्राप्त गर्ने र आफ्नो साथमा लिई हिँड्ने कार्य व्यापारिक प्रकृतिको अर्थात् अरू मानिसलाई बिक्री गरी नाफा वा लाभ प्राप्त गर्ने गरेको भन्ने नदेखिएको अवस्थामा त्यसलाई खरिद-बिक्री, सञ्चय वा ओसारपसारको कसुर ठहर गर्नु न्यायोचित नहुने । अभियोजन पक्षले खरिद-बिक्री तथा ओसारपसारतर्फको कसुर प्रमाणद्वारा पुष्टि गर्न नसकेको, केबल केही मात्राको प्रतिबन्धित लागु औषध बरामद भएको भन्ने आधारमा नै शंका गरी अभियोग मागदाबीअनुसार खरिद-बिक्री, सञ्चय तथा ओसारपसारको कसुर गरेको भनी ठहर गर्नु मनासिब नहुने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.10598
मुद्दाको विषयलागु औषध (डाइजेपाम तथा नाइट्रोभेटसमेत)
निर्णय वर्ष / मिति2077/03/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ईश्‍वरप्रसाद खतिवडा | माननीय न्यायाधीश श्री कुमार रेग्मी | माननीय न्यायाधीश श्री डा. कुलरत्‍न भुर्तेल | माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्‍ठ
मुद्दा नं.०७२-CR-०७७८
उद्धरण सन्दर्भने.का.प. २०७७, नि.नं. 10598
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्