नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10611 · वि.सं. २०७७
नि.नं. 10611 — ठगी तथा सरकारी छाप दस्तखत किर्ते
सिद्धान्त / नजिर सार (Headnote Summary)
लिखत किर्ते गरेको मुद्दामा लिखत कसले तयार पार्यो वा किर्ते गर्यो भन्ने तथ्यको खोजी गर्न जरूरी हुने । लिखतसम्बन्धी अपराध गर्ने व्यक्ति प्रत्यक्ष रूपमा नदेखिएको वा अपराध गर्दा गर्दै पक्राउ नपरेको अवस्थामा अनुमानको आधारमा फलानाले नै तयार गरेको हो वा दिएको हो भन्न मिल्ने अवस्था हुँदैन । कसैले पोल गरी फलानाले लेखेको वा दिएको भन्दैमा विश्वास गर्नुपर्ने अवस्थासमेत नहुने । (प्रकरण नं.१७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10611 |
|---|---|
| मुद्दाको विषय | ठगी तथा सरकारी छाप दस्तखत किर्ते |
| निर्णय वर्ष / मिति | 2077/02/19 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ | माननीय न्यायाधीश श्री सुष्मालता माथेमा |
| मुद्दा नं. | ०७५-CR-१८५५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10611 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
