नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10604 · वि.सं. २०७७
नि.नं. 10604 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
सैनिक ऐनबमोजिमको कसुर भन्नाले सैनिक ऐनको दफा ३८ देखि ६५ सम्मका कसुर भनेर बुझ्नुपर्दछ भनी ऐनले नै स्पष्ट व्यवस्था गरेकाले सो ऐनको दफा ३८ देखि ६५ सम्मका कसुर गरेको अवस्थामा मात्र सैनिक अदालतको क्षेत्राधिकारभित्र पर्ने देखिने । उक्त दफाहरूमा व्यवस्थित कसुरबाहेक अन्य कसुरहरू पनि सैनिक अदालतको क्षेत्राधिकारभित्र पर्ने भनी भन्न नसकिने । (प्रकरण नं.७) “यातना, बेपत्ता, हत्या र बलात्कार” सम्बन्धी कसुर अन्य अदालतको क्षेत्राधिकारभित्र पर्ने भनी उल्लेख भएपछि सोबाहेकका अन्य गैरसैनिक प्रकृतिका कसुरहरू पनि सैनिक व्यक्तिले गरेको अवस्थामा सैनिक अदालतको क्षेत्राधिकार आकर्षित हुने भनी अर्थ गर्नु एकातिर क्षेत्राधिकारसम्बन्धी स्थापित विधिशास्त्रीय मान्यताको प्रतिकूल हुन जाने देखिन्छ भने अर्कोतिर “नेपाली सेनालाई नेपाली जनताप्रति उत्तरदायी बनाउने” सैनिक ऐन, २०६३ को प्रस्तावनाको भावनाअनुकूल नहुने । (प्रकरण नं.१२) स्वच्छ सुनुवाइ (Fair Trial) र सङ्गठनात्मक संरचना (Organizational Structure) को दृष्टिबाट समेत सैनिक प्रकृतिबाहेक (civilian nature) का कसुरहरूको सम्बन्धमा सैनिक अदालतहरूलाई भन्दा सामान्य अदालतलाई नै क्षेत्राधिकार प्रदान गर्नु श्रेयस्कर देखिने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10604 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2076/05/12 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की | माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान | माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा |
| मुद्दा नं. | ०७५-WF-०००६ | ०७४-CR-११५९ | ०७५-WH-०१०० | ०७५-WH-०११७ | ०७४-WH-०१०३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10604 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
