नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 10616 · वि.सं. २०७७
नि.नं. 10616 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
अभियुक्तलाई चुप लाग्ने तथा आफूउपरको अभियोगउपर आधार र कारणसहित प्रतिवाद गर्ने दुवै अधिकार रहने भएको हुँदा न्यायिक प्रक्रियामा सहयोग नगरेको आधारमा मात्र अभियोग दाबीअनुसार कसुरदार ठहर गर्दा न्यायको मर्म तथा प्रचलित कानून प्रणाली प्रतिकूल निर्णय हुन जाने । (प्रकरण नं.३) मौकामै दिएको जाहेरीमा किटानी रूपमा नाम उल्लेख नभई त्यसपछिको जाहेरीमा थप प्रतिवादीको नाम उल्लेख भएकोमा त्यसलाई सावधानीका साथ हेर्नुपर्छ । प्रतिवादी मौकामा फरारी रहेको कारणले मात्र उसलाई आरोपित कसुरमा दोषी करार गर्नु फौजदारी न्यायको मान्य सिद्धान्तअनुकूल नहुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 10616 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2077/04/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. | माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल | माननीय न्यायाधीश श्री राजकुमार वन | माननीय न्यायाधीश श्री मुनेन्द्रप्रसाद अवस्थी |
| मुद्दा नं. | ०७६-CR-०९०६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०७७, नि.नं. 10616 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
