नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11520 · वि.सं. २०८२
नि.नं. 11520 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रतिवादीको कसुर सिलसिलाबद्ध रूपमा मालाकारको सिद्धान्त (principle of corroboration) बमोजिम प्रामाणिक मूल्ययुक्त वस्तुनिष्ट ठोस प्रमाणबाट खम्बिर भइरहेको परिप्रेक्ष्यमा निज प्रतिवादीको इन्कारी र पुनरावेदन जिकिरलाई मात्र आधार लिई निजलाई विनासबुद प्रमाण सजायबाट उन्मुक्ति दिने हो भने दण्डहीनताले प्रश्रय पाउने । यसले समाजमा सुख, शान्ति, सुरक्षा, अमन चयन र खुसीको वातावरणमा तुषारापात ल्याउने अवस्था सिर्जना हुने र समाजको समृद्धिमा समेत असर पर्ने । प्रतिवादीको कसुरको मात्राबमोजिम सजाय दिनु कानून निर्माता विधायिकाको मनसायलाई हृदयङ्गम गरी उपलब्ध सबुद प्रमाणको उपयुक्त मूल्याङ्कन गरी उचित र स्वच्छ न्याय सम्पादन (just & fair justice delivery) गर्नु न्यायको मूल्य र मान्यता रहेको हुँदा यसबाट न्यायिक सुशासन (judicial good governance) कायम हुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11520 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2081/01/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | विनोद शर्मा, महेश शर्मा पौडेल |
| मुद्दा नं. | ०७४-CR-०१७१ | ०७५-CR-००५६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11520 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
