नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11501 · वि.सं. २०८२
नि.नं. 11501 — अंश दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
सगोलका परिवारमध्ये जुनसुकै अंशियारहरूको नाउँमा सम्पत्ति रहे तापनि अन्यथा प्रमाणित नभएसम्म उक्त सम्पत्तिमा सबै अंशियारहरूको अंश हक लाग्ने भन्ने प्रमाण ऐन, २०३१ को दफा ६(क) को कानूनी व्यवस्था मानो नछुट्टिई सगोलमा रहे भएका अंशियारहरूको हकसम्ममा आकर्षित हुने कानूनी प्रावधान हो । मानो छुट्टिई अलग भइसकेका अंशियारहरूले आफ्नो निजी तवरबाट आर्जन गरेको सम्पत्तिको हकमा समेत यस कानूनी व्यवस्था आकर्षित भई त्यस्तो निजी सम्पत्तिसमेत अंश भाग लाग्ने भन्ने अर्थ गर्न नमिल्ने । (प्रकरण नं.१५) दर्तावालाको नाममा रहेको सम्पत्ति आर्जन गर्दा परोक्ष श्रम र सहयोग सगोलमा रहेका परिवारका अन्य सदस्यको पनि रहन्छ भन्ने मान्यता नै अंशबन्डासम्बन्धी कानूनी व्यवस्थाको मूल मर्म हुने । आर्जनमा आफ्नो कुनै सहभागिता र योगदान नै नरहेको सम्पत्ति अंशबन्डाको रूपमा अंशभाग पाउनुपर्छ भन्न तर्कसङ्गत नहुने । (प्रकरण नं.१६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11501 |
|---|---|
| मुद्दाको विषय | अंश दर्ता |
| निर्णय वर्ष / मिति | 2081/04/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | डा. मनोजकुमार शर्मा, शारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना |
| मुद्दा नं. | ०७५-NF-०००२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11501 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
