नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11509 · वि.सं. २०८२

नि.नं. 11509 — लिखत दर्ता बदर, बदर पूर्ववत् कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

हदम्यादसम्बन्धी कानूनी व्यवस्था व्यक्तिको विश्रान्ति (repose), निश्‍चितता (certainty), जोखिमविहीनता (risk free), प्रमाण फेरबदलबाट बचावट (prevention from distortion of evidences), अरूको हकको संरक्षण (protection of equitable rights of others) जस्ता अहम् सवालहरूको परिणति स्वरूप अदालतले न्याय सम्पादन गर्न प्रतिपादन गरेको सिद्धान्त एवम् कानूनी व्यवस्था हुन् । आफ्नो अधिकारप्रति सजग रहने व्यक्तिलाई नै अदालतले सहयोग गर्न सक्ने । न्यायले जागरूक हुनेलाई सहयोग गर्दछ तर सुताहालाई होइन (justice aids to the vigilant and not to the slumber) भन्ने न्याय सम्पादनको मूलभूतः मान्यता रही आएकोले लापरवाहीको दुष्परिणाम पक्ष आफैँले भोग्नुपर्ने । हदम्याद, हकदैया, क्षेत्राधिकार जस्ता विषय अदालत प्रवेश गर्दा प्रथम सर्त भएकाले मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा ४७ ले हदम्यादको कठोर व्यवस्था एवं हदम्यादसम्बन्धी प्रश्‍नको निरूपण प्रार्म्भिक सुनुवाइमा नै गर्नुपर्ने भन्ने संहिताको दफा १३१ एवम् दफा १३२ का व्यवस्थाहरू यिनै न्यायका मान्य सिद्धान्तहरूको परिमार्जित र परिस्कृत कानूनी व्यवस्थाहरू हुन । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11509
मुद्दाको विषयलिखत दर्ता बदर, बदर पूर्ववत् कायम
निर्णय वर्ष / मिति2080/10/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशडा. कुमार चुडाल, बालकृष्ण ढकाल
मुद्दा नं.०७९-CI-०४४३
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11509
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्