नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11508 · वि.सं. २०८२

नि.नं. 11508 — उत्प्रेषण परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

न्यूनतम पारिश्रमिकको व्यवस्था सरकारद्वारा राजपत्र तथा कानूनमार्फत गर्ने र प्रत्येक दुई वर्षमा त्यसमा पुनरावलोकन गर्ने तथा उक्त व्यवस्था निश्‍चित श्रेणी (grade) तथा क्षेत्र (field) को कामदारहरूलाई मात्र लागु हुने भनी स्पष्ट कानूनको व्यवस्था नभएको अवस्थामा न्यूनतम पारिश्रमिक तथा त्यसमा हुने वृद्धिको व्यवस्था निश्‍चित श्रेणीको कामदारहरूलाई मात्र लागु हुने भन्‍ने निर्णय रोजगारदाताले गर्न नमिल्ने । (प्रकरण नं.४) श्रम ऐनमा परिकल्पना नगरिएको बिदा निवेदक होटल प्रतिष्ठानले प्रत्यर्थी कामदारहरूलाई sabbatical leave को नाम दिई बिना पारिश्रमिक बिदामा राख्‍ने कार्य कानूनसङ्गत नहुने । कार्यस्थलमा सहज रूपमा कार्य सञ्‍चालन गर्न विनियमावली बनाउने अधिकार रोजगारदातालाई रहे पनि उक्त विनियमावली सम्बन्धित कानून अनुरूप हुनुपर्ने । (प्रकरण नं.५) सम्झौतामा होटल व्यवसायमा कार्यरत कर्मचारीहरूको कुनै वर्गीकरण नगरेको अवस्थामा सम्झौतामा उल्लिखित सुविधा सबै तहका कर्मचारीहरूको हकमा लागु हुने भनी मान्‍नुपर्ने । सम्झौतामा प्रस्ट रूपमा उल्लिखित सुविधा निश्‍चित तहका कामदारहरूको हकमा मात्र लागु हुने भनी उल्लेख नभएको अवस्थामा सामूहिक सौदाबाजीमार्फत भएको सम्झौता व्यवस्थापकबाहेकका अन्य कार्यकारी (executive) तहका श्रमिक तथा कामदारहरूको हकमा लागु नहुने भन्‍ने नदेखिने । (प्रकरण नं.८) श्रम ऐन, २०७४ को दफा १७१ को उपदफा (२) अनुसार व्यवस्थापक र व्यवस्थापकीय श्रेणीमा रहेका श्रमिकले सामूहिक सौदाबाजी पेस गर्न, त्यस्मा भाग लिन वा हडतालमा सहभागी हुनसम्‍म पाउने देखिँदैन तर प्रत्यक्ष अन्तिम निर्णयको अधिकार नभएका कार्यकारी प्रमुखबाहेकका व्यवस्थापकीय श्रेणीका श्रमिकहरूले सामूहिक सौदाबाजीको सम्झौताको परिणाम प्राप्‍त गर्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11508
मुद्दाको विषयउत्प्रेषण परमादेश
निर्णय वर्ष / मिति2080/11/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशहरिप्रसाद फुयाल, बालकृष्ण ढकाल
मुद्दा नं.०७९-WO-०३५०
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11508
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्