कुनै व्यक्ति विनाकारण वा राज्यको निकायको लापरबाही, हेलचेक्राइँ वा राज्यले नियतबस वा जानेर वा नजानेर गलत अनुसन्धान तथा अभियोजनका कारण दोषी ठहराई कैद सजाय वा जरिवाना भोग्दछ भने त्यस्ता व्यक्तिको वैयक्तिक स्वतन्त्रता तथा अन्य धेरै अधिकारको हनन हुने । विनाकारण कैद…
वस्तुको गुणस्तर merchantable quality को रहेको भन्ने दाबी बिक्रेताले मात्र गर्दैमा बिक्री गरिएको वस्तु merchantable quality कै रहेको भनी मान्न सकिने अवस्था नरहने । खरिदकर्तालाई पनि आफूले बिक्री गरेको वस्तु merchantable quality को रहेको भनी आश्वस्त पार्न सक्नुपर…
शान्ति सुरक्षा कायम गर्ने सन्दर्भमा झडप, मुठभेड आदि हुन सक्तछन्; त्यस अवस्थामा आवश्यकता र परिस्थितिअनुसार गरिएको सुरक्षा कारबाहीमा कसैको ज्यान मर्न सक्ने अवस्था पनि रहन्छ र त्यसलाई गैरकानूनी कार्यको रूपमा लिन नमिल्ने । तर कुनै व्यक्तिलाई पक्राउ गरी आफ्नो कब्जा…
पीडितले बकपत्रको कार्य भइसकेकोमा पछि सहमतिमा करणी भएको भनी पुनरावेदन गर्ने क्रममा पीडितको निवेदन प्रतिवादीबाट पेस भएकोमा एकपटक जबरजस्ती करणी गरेको भनी बकपत्र गरिसकेकोमा प्रतिवादीलाई सफाइ दिलाउने कुराले अभिप्रेरित भई पछि दिएको पीडितको निवेदनलाई प्रमाणमा ग्रहण ग…
बनावटी सुराकी खडा गरी सरकारी रकम हिनामिना गरी भ्रष्टाचार गरेको
साबिक ऐनलाई खारेज गर्ने ऐनले स्पष्ट व्यवस्था नगरेको अवस्थामा साबिक ऐन खारेज हुँदैमा कसुर खारेज नहुने । खारेज गर्ने गरी पछि बनेको ऐन पारित/लागु नभएसरह साबिकको भ्रष्टाचार निवारण ऐन, २०१७ अन्तर्गत कसुरको अनुसन्धान तथा कारबाही अगाडि बढाउन सकिने हुँदा खारेज भएको स…
माफी, मुलतबी पाउने विषयलाई कसुरदार वा कैदी बन्दीको अधिकारको रूपमा लिन नमिल्ने र यो राष्ट्र प्रमुखको विशेषाधिकारको विषय देखिए तापनि यो अधिकारको प्रयोग स्वेच्छाचारी, भेदभावपूर्ण वा गलत ढङ्गले गर्न नमिल्ने । संविधानको परिपालक र संरक्षकको भूमिकामा रहेका राष्ट्रपति…
मुद्दा अदालतमा प्रवेश गरेपश्चात् प्रहरीलगायत अनुसन्धान अधिकारीहरूबाट सङ्कलित प्रमाणसमेतका प्रमाणहरू प्रमाण ग्राह्यताको कसीमा (तयगअज कतयलभ या बमmष्ककष्दष्ष्तिथ या भखष्मभलअभ) परीक्षण हुने । अदालतले फौजदारी मुद्दामा साक्षी परीक्षणका सर्वमान्य विधि प्रयोग गर्दै प…
जबरजस्ती करणीको उद्योगबाट नाबालिकामा परेको मनोवैज्ञानिक र मानसिक असर तथा पीडितको सामाजिक, सांस्कृतिक वा पारिवारिक प्रतिष्ठामा परेको प्रतिकूल प्रभावसमेतका पक्षलाई अनदेखा वा उपेक्षा गर्न नमिल्ने । कुनै कसुरका सम्बन्धमा मनसाय तयारीका चरण पार गरी कसुर सम्पन्न गर्न…
पटक पटक अंश लिनु दिनु र पुनः सगोलमा रहने नरहने कुरा अंशियारहरूको स्वेच्छामा निर्भर हुने हुँदा अंशियारहरूको यस्तो स्वेच्छिक क्रियामा अदालतले अनुचित नियन्त्रण गर्न नसक्ने । विवादित जग्गाहरू नामसारी गरेको र अदालतमा मिलापत्र हुँदा, मिलापत्रमा सो जग्गा तायदातीमा उल…
विदेशी कानून, रोमियो जुलियटको सिद्धान्त तथा हाल विकसित अन्तर्राष्ट्रिय कानूनअनुसार पनि किशोरावस्थाका बालबालिकामा सहमतिको यौन सम्बन्धमा बालबालिका बिचको समान वा थोरै मात्र उमेरको फरक रहेकोमा यौन सम्बन्ध राख्ने निर्णय लिन सक्ने र परिणाम बुझ्ने परिपक्वताको आधारमा…
यौन दुर्व्यवहारको अपराधमा पीडकको उद्देश्य पीडितलाई जिस्काउने, हैरानी दिने वा अन्य कुनै ढङ्गले पीडितउपर दुर्व्यवहार वा यौनजन्य क्रियाकलाप गर्ने रहेको हुन्छ भने जबरजस्ती करणी उद्योगको कसुरमा कर्ताको उद्देश्य केवल यौनजन्य क्रियाकलापमा मात्र सीमित नरही जबरजस्ती कर…
सार्वजनिक हितप्रति समर्पित एकजना उदार मन भएका परोपकारी भावले अभिप्रेरित व्यक्तिको उदारताको लाभ समुदायले उठाउन पाउने प्रक्रिया र पद्धति नै गुठी हुने । जुन एक पटक प्रारम्भ भएपश्चात् निरन्तर रूपमा चलिरहने प्रक्रिया र प्रथाको रूपमा रहने । (प्रकरण नं.२) गुठीको स्थ…
क्षेत्राधिकारमा क्षेत्रीयताको अतिरिक्त राष्ट्रियता तथा हानिको सिद्धान्तसमेतको अनुशरण गरेको पाइने । नेपाली नागरिकलाई अपहरण गरी नेपालबाहिर लगिन्छ भने पनि नागरिकको रक्षा गर्ने तथा अपराधजन्य कार्यको कारण नेपाली नागरिकलाई पर्न गएको क्षतिसमेतलाई मध्यनजर गरी सो आधारम…
वादी प्रतिवादीहरूबिच मुख मिलेको हुनका लागि मुद्दाका सबैजना वादी प्रतिवादीहरूबिच साझा सहमति भएको वा समान कुरामा स्वीकारोक्ति रहेको देखिनुपर्ने । मुद्दामा रहेका एकभन्दा बढी प्रतिवादीहरूमध्ये कुनै प्रतिवादी र वादीको कुरा (मुख) मिल्यो भन्दैमा पक्षहरूबिच सहमति भएको…
बकसपत्रदाता र बकस प्राप्त गर्ने बिचको सम्बन्ध र प्राप्त हुन आएको सम्पत्ति प्राप्त हुनुपर्ने कारणको सापेक्षतामा प्रयोजनपरक व्याख्या हुनु नै समन्यायिक र न्यायोचित हुने । बकसपत्रदाताको बकसपत्र प्राप्तकर्तासँगको विगतमा रहेको सम्बन्ध र बकसपत्र प्राप्त भएको परि…
नेपालमा धार्मिक, सामाजिक तथा परोपकारी कार्यका लागि परापूर्वकालदेखि नै जग्गा जमिनहरू गुठीमा राख्ने परम्परा रहेको पाइने । गुठीमा जग्गा जमिन राखी सोको आयस्ताले धार्मिक, सामाजिक कार्यहरू अनवरतरूपमा चिरकालसम्म सञ्चालन भई रहोस् भन्ने इच्छा, चाहना सो जग्गा सम्पत्ति…
मुलुकी देवानी संहिता, २०७५ भदौ १ गतेबाट मात्र लागु भएको हुँदा बिगो नतिरेमा भोग्नुपर्ने कैदको सजायको हकमा कारोबार हुँदाको समयको कानून अर्थात् मुलुकी ऐन, लेनदेन व्यवहारको १९ नं. को व्यवस्था नै आकर्षित हुने । (प्रकरण नं.७)
दूरसञ्चार प्रणालीमा अबि दथउबकक भन्नाले मूलतः राष्ट्रिय वा अन्तर्राष्ट्रिय आगमन खयष्अभ अबि हरूलाई इन्टरनेटको माध्यमबाट नबतभधबथ मभखष्अभ मार्फत टेलिफोन नेटवर्कमा ष्लतभचाबअभ गरी अबि हरूलाई वैधानिक र स्थापित दूरसञ्चार प्रणालीबाट पुग्नुपर्ने ठाउँमा पुग्न नदिई आफ्न…
लागु औषधको कारोबार गर्ने वा सेवन गर्ने दुवै व्यक्तिले लागु औषध खरिद गर्नुपर्ने, एक ठाउँबाट अर्को ठाउँसम्म ओसार्नुपर्ने र केही समयका लागि सञ्चयसमेत गर्नुपर्ने हुन्छ । तर त्यो व्यक्ति सेवनकर्ता नभई लागु औषधको कारोबार गर्ने हो भन्नलाई निजले आफूसँग भएको लागु औषध…
तलबमान नमिलेको विषय सम्बन्धित प्रहरी कर्मचारीको तलबमानको विषय मात्र नभई बढुवा भएका प्रहरी कर्मचारीले खाइपाइ आएकोभन्दा घटी र आफूभन्दा एक तह मुनिको दर्जामा रहेका प्रहरी कर्मचारीले पाउने तलबभन्दा घटी तलबमानमा रही काम गर्नुपर्दा बढुवा भएको आत्मसम्मान बोध गर्नसम्म…
मोहीको हदभन्दा बढी जग्गा स्पष्ट देखिई नेपाल सरकारको स्वतः अधिकार स्थापित भएको जग्गामा सो जग्गा जफतको प्रक्रिया नथालिएको भन्ने अधार लिएकोमा तत्कालीन पुनरावेदन अदालत, विराटनगरले सोतर्फ केही नबोली वादीको मोही हक कायम गर्ने गराउनेतर्फ मात्र बोलेकोले जफत भई नेपाल स…
आयकर प्रयोजनार्थ खर्च कट्टी गर्न पाइने रकम सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गरिने हो र यथार्थमा यो राज्यलाई करको रूपमा जाने रकम नै हो भन्ने मान्यतालाई मध्यनजर राख्दै हाल थालिएका प्रयासलाई थप विस्तारित गर्दै अन्तर्राष्ट्रिय र तुलनात्मक क्षेत्रमा विकास भएका सिद…
कुनै आपराधिक कार्य गर्नको लागि आपराधिक मनसायबमोजिमको तयारी पूरा गरिसकेपछि त्यस्तो आपराधिक कार्य गर्न चाहने व्यक्तिले आफूले चाहेको निषेधित परिणाम प्राप्त गर्नको लागि गरेको कुनै पनि भौतिक कार्य वा आपराधिक कार्यले अपेक्षित परिणाम ल्याउन नसकेको अवस्थामा कुनै कसुर…
ठोस आधार र कारणबिना आफैँले ऋण दिँदा गरेको मूल्याङ्कनभन्दा पनि कम मूल्याङ्कन गरेको र पञ्चकिर्ते मूल्याङ्कन गर्ने कानूनी व्यवस्था र लिलामका सन्दर्भमा स्थापित असल अभ्यासबमोजिमको कार्यविधिसमेत पूरा नगरी जसको धितो लिलाम हुँदै छ, उसैलाई कुनै थाहा जानकारी नदिई एकपक्…