नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11490 · वि.सं. २०८२

नि.नं. 11490 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

मुद्दा अदालतमा प्रवेश गरेपश्‍चात् प्रहरीलगायत अनुसन्धान अधिकारीहरूबाट सङ्कलित प्रमाणसमेतका प्रमाणहरू प्रमाण ग्राह्यताको कसीमा (तयगअज कतयलभ या बमmष्ककष्दष्ष्तिथ या भखष्मभलअभ) परीक्षण हुने । अदालतले फौजदारी मुद्दामा साक्षी परीक्षणका सर्वमान्य विधि प्रयोग गर्दै प्रमाणको ग्राह्यताको यकिन गर्ने । प्रमाण विधिशास्त्रमा ग्राह्यताको कोणबाट सामान्यतया प्रमाणहरूलाई ग्राह्य प्रमाण (बमmष्ककष्दभि भखष्मभलअभ), अग्राह्य प्रमाण (लयल–बमmष्ककष्दभि भखष्मभलअभ) र कि त ग्राह्य वा कि त अग्राह्य (भष्तजभच बमmष्ककष्दभि यच लयल–बमmष्ककष्दभि) भन्‍ने वर्गीकरण गर्ने । अभियोजन पुष्‍टि हुन ग्राह्य प्रमाणको प्राचुर्यता हुनुपर्ने भएकोले अदालतले प्रमाण परीक्षणको विधि जाहेरवाला वा विशेषज्ञको बकपत्र, अनुसन्धानमा सङ्कलित प्रमाणको वैज्ञानिक परीक्षण, वस्तुस्थितिका मानिसहरूले व्यक्त गरेका रायको सच्याईको पुनर्पुष्टिलगायतका आवश्यकीय विधिहरूसमेत अवलम्बन गर्दै सङ्कलित प्रमाण ग्राह्य हुन् वा अग्राह्य हुन् सोको यकिन गरिने । (प्रकरण नं.४) फौजदारी मुद्दामा कतिपय साक्षीहरू वा पीडिति स्वयंले पनि मुद्दाको सुनुवाइको क्रममा अनुसन्धान तहकिकातमा व्यक्त गरेको बेहोराभन्दा विपरीत बेहोरा व्यक्त (जयकतष्भि कतबतझभलत) गर्न सक्ने अवस्था देखिने । अदालतले त्यस्ताविपरीत कथनसमेतका सम्पूर्ण अवस्थालाई समग्र मुद्दाको रोहबाट जाँच गरी ग्रहणयोग्य वा ग्राह्य गर्न नसकिने प्रमाणको रूपमा अवलम्वन गर्न सक्ने । विशेषतः विपरीत कथनको अवस्था आर्थिक लेनदेन वा सामाजिक राजनीतिक प्रभाव वा धाकधम्की वा अन्य प्रभावका कारणले हुन सक्ने सन्दर्भमा अदालत सचेत रहनुपर्ने । पीडित बालबालिका भएमा वा रोगग्रस्त भएमा वा गरिबी वा अन्य दबाबका कारणले विपरीत हुनपर्ने स्थिति हुन सक्नेतर्फ झनै गम्भिर हुनुपर्ने । साथसाथै फौजदारी जस्तो गम्भीर आरोपका मुद्दामा कोही पनि निरपराध व्यक्ति दण्डको भागिदार हुन नपरोस् र शंकारहित कसुरदारले सजायबाट उन्मुक्ति पनि नपाओस् भनी फौजदारी न्यायका मान्य सिद्धान्तलाई हरक्षण शीर्ष स्थानमा राखिने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11490
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2080/06/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशडा. कुमार चुडाल, तिलप्रसाद श्रेष्ठ
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11490
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्