नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11489 · वि.सं. २०८२
नि.नं. 11489 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
जबरजस्ती करणीको उद्योगबाट नाबालिकामा परेको मनोवैज्ञानिक र मानसिक असर तथा पीडितको सामाजिक, सांस्कृतिक वा पारिवारिक प्रतिष्ठामा परेको प्रतिकूल प्रभावसमेतका पक्षलाई अनदेखा वा उपेक्षा गर्न नमिल्ने । कुनै कसुरका सम्बन्धमा मनसाय तयारीका चरण पार गरी कसुर सम्पन्न गर्ने तहको कार्य गरेको तर कुनै कारणले कसुर भई नसकेको अवस्थामा उद्योगको कसुर मानिने हुँदा पीडितलाई कुनै हानि नोक्सानी भएको रहेछ र त्यस्तो उद्योगसँग सम्बन्धित मूल कसुरमा क्षतिपूर्तिको व्यवस्था रहेछ भने उद्योगको कसुरमा पनि पीडितलाई भएको हानि नोक्सानीमा क्षतिपूर्ति पाउने अधिकार स्वतः अन्तरनिहित हुने । जबरजस्ती करणीको पूर्ण अपराध नभएको र कसुरको उद्योग मात्र भएकोमा क्षतिपूर्ति भराउन इन्कार गर्दा पीडितको क्षतिपूर्ति पाउने अधिकारमा आघात पर्ने तथा कानूनले क्षतिपूर्ति भराउनुपर्ने गरी गरेको कानूनी व्यवस्थाको प्रतिकूलसमेत हुने । (प्रकरण नं.२०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11489 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2081/05/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | हरिप्रसाद फुयाल, महेश शर्मा पौडेल |
| मुद्दा नं. | ०७७-CR-१०५७ | ०७७-CR-१२२० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11489 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
