नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11474 · वि.सं. २०८२
नि.नं. 11474 — जबरजस्ती करणी
सिद्धान्त / नजिर सार (Headnote Summary)
कुनै आपराधिक कार्य गर्नको लागि आपराधिक मनसायबमोजिमको तयारी पूरा गरिसकेपछि त्यस्तो आपराधिक कार्य गर्न चाहने व्यक्तिले आफूले चाहेको निषेधित परिणाम प्राप्त गर्नको लागि गरेको कुनै पनि भौतिक कार्य वा आपराधिक कार्यले अपेक्षित परिणाम ल्याउन नसकेको अवस्थामा कुनै कसुरको उद्योगको कसुर कायम हुने । कसुरको उद्योग स्थापित हुनका लागि अभियुक्तले वारदात घटाउने मनसायका साथ सोतर्फ गम्भीर प्रयास गरेको र सो कार्य खतरनाकरूपले पूर्ण अपराधको नजिक पुगेको (dangerous proximity to the end) हुनुपर्ने । जबरजस्ती करणी गर्ने मनसायसाथ तयारीका चरण पार गरी करणी गर्नका लागि पीडितलाई समात्ने, लडाउने वा पीडितका भित्री कपडा खोल्ने र पुरूष लिंग महिला योनिमा छुवाउने प्रयास गर्नेसम्मको कार्य भएको तर कुनै कारणले त्यस्तो कार्य सम्पन्न हुन नसकेमा जबरजस्ती करणीको उद्योगको कसुर हुने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11474 |
|---|---|
| मुद्दाको विषय | जबरजस्ती करणी |
| निर्णय वर्ष / मिति | 2081/03/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | हरिप्रसाद फुयाल, महेश शर्मा पौडेल |
| मुद्दा नं. | ०७५-CR-१०८२ | ०७५-CR-१५५१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11474 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
