नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11477 · वि.सं. २०८२

नि.नं. 11477 — उत्प्रेषणयुक्त परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

तलबमान नमिलेको विषय सम्बन्धित प्रहरी कर्मचारीको तलबमानको विषय मात्र नभई बढुवा भएका प्रहरी कर्मचारीले खाइपाइ आएकोभन्दा घटी र आफूभन्दा एक तह मुनिको दर्जामा रहेका प्रहरी कर्मचारीले पाउने तलबभन्दा घटी तलबमानमा रही काम गर्नुपर्दा बढुवा भएको आत्मसम्मान बोध गर्नसम्म पनि नपाएको अवस्थाले अप्रत्यक्ष रूपमा प्रहरी संगठनको चेन अफ कमान्डलाई समेत क्षीण तुल्याउने सम्भावना हुने । तलबमान नमिल्दा सम्बन्धित प्रहरी कर्मचारीले हिनताबोध गर्नु व्यक्तिगत विषय हुन सक्ने तर प्रहरी संगठनभित्र एउटा तहमा काम गर्ने समग्र प्रहरी कर्मचारीले हिनताबोध गर्नुपर्ने अवस्था आउनु सामान्य कुरा नभई अप्रत्यक्ष रूपमा यसले प्रहरी संगठनलाई मात्र कमजोर बनाउने होइन मुलुकको समग्र शान्ति सुरक्षाको सेवा प्रवाहको स्थितिमा नै प्रतिकूल प्रभाव पर्ने हुँदा यो विषयलाई गम्भीरतापूर्वक मनन गर्नुपर्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11477
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेशसमेत
निर्णय वर्ष / मिति2081/4/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशतिलप्रसाद श्रेष्ठ, शारङ्गा सुवेदी
मुद्दा नं.०८०-WO-०६०८
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11477
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्