निर्देशिकामा भएको कानूनी व्यवस्थाहरूलाई सम्बन्धित अख्तियारवाला कर्मचारीले अक्षरश: पालना गर्नुपर्ने । बैंकजस्तो जिम्मेवारीपूर्ण संस्थामा निश्चित मापदण्ड पूरा गरी जिम्मेवारी वहन गरी सेवा प्रवाह गर्न बसेको अधिकारीले सम्बन्धित निर्देशिकाको विषयमा आफू जानकार नभएको…
कुनै पनि धार्मिक तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्नु सम्बन्धित समुदायको मात्र नभई राज्यको पनि जिम्मेवारीको विषय हुने । नेपालको संविधानको धारा २६ मा धर्ममा आस्था राख्ने प्रत्येक व्यक्तिलाई आफ्नो आस्थाअनुसारको धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने स्वतन्त्रत…
कुनै व्यक्ति, फर्म वा कम्पनीको सम्पत्ति लिलाम/सकार गर्दा धितो मूल्याङ्कन गर्नुपर्ने प्रक्रिया केबल कानूनी औपचारिकता मात्र नभई बैंकिङ प्रणालीको एक स्वीकार्य मान्यता र प्रचलित अभ्यास पनि हुने । यस सम्बन्धमा प्रचलित कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि…
समानुपातिक समावेशिता हाम्रो लोकतन्त्रको विशेषता हो । समावेशिता बहुआयामिक अवधारणा भई राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक र पर्यावरणीय आयामहरू सन्निहित रहने । समावेशिताले आवधिक निर्वाचन र त्यसले सिर्जना गर्ने वैरभावभन्दा माथि उठेर दलहरूबिच निर्णय प्रक्रियामा…
पुरातात्त्विक विषयमा राज्यको तर्फबाट दायित्व र भूमिका निर्वाह गर्ने विज्ञहरूको उपस्थिति रहेको पुरातत्त्व विभागको भूमिका पशुपति क्षेत्रको संरक्षणमा नरहने भन्ने होइन । पशुपति क्षेत्रको पुरातात्त्विक वस्तुहरू तथा स्मारकहरूको संरक्षणको कुरामा पुरातत्त्व विभाग र पश…
भ्रष्टाचार जस्तो गम्भीर प्रकृतिको कसुरमा ठहर गर्दा वस्तुनिष्ठ प्रमाणहरूको आधारमा गर्नुपर्ने । शंकाको गुन्जाइस रहेको प्रमाणलाई वस्तुनिष्ठ प्रमाण मान्न नमिल्ने । (प्रकरण नं.४)
कुनै जग्गा कसैको नाउँमा दर्ता नामसारी हुनका लागि स्पष्ट कानूनी आधार हुनु अनिवार्य हुने । कानूनमा स्पष्ट व्यवस्था गरेको छ भने सोही आधारमा गरिएको काम कारबाहीले वैधता र मान्यता प्राप्त गर्न सक्ने कुरामा विवाद नहुने । तर कानूनी आधार बिना गरिएको काम कारबाही स्वेच्छ…
अदालतको मर्यादा र गरिमा बचाइराख्न र न्यायपालिकाको आस्था, विश्वास र भरोसा कायम राख्न तथा न्यायिक निर्णय, आदेश वा फैसलाको कार्यान्वयन हुने अवस्था सुनिश्चित गर्न अदालतको अवहेलनामा कारबाही चलाई दोषीलाई सजाय गर्नु आवश्यक र औचित्यपूर्ण हुने । यो अदालतको अन्तरनि…
घर निर्माण नै रोकिपाउँ भन्ने निवेदन दिएको वादीले उक्त घर निर्माणमा योगदान गरेका होलान् भनी सामान्य अनुमानसमेत गर्न नमिल्ने । घर निर्माण भएको जग्गा सगोलको भए तापनि उक्त निर्मित घरमा सगोलको लगानी नभई कुनै अंशियारको निजी तवरबाट लगानी भएमा अन्य अंशियारको बन्डा नल…
मुलुकी देवानी संहिता, २०७४ को दफा ९९ र दफा २१३ ले महिलालाई सम्बन्ध विच्छेद गर्नुअघि अंश छुट्याई दिनुपर्ने उद्देश्य लिएकोमा ऐ. संहिताको दफा ७०६ को आधार लिई विदेशी अदालतबाट गरिएको सम्बन्ध विच्छेदको फैसलालाई मान्यता दिँदा स्वतः पत्नीको अंश हक गुम्ने भनी व्याख्या…
प्रत्येक नाबालकलाई गुणस्तरीय चिकित्सा सेवा पाउनुपर्ने स्वास्थ्यसम्बन्धी हक मात्र नभई यो हक संविधानको धारा १६ (१) ले प्रदान गरेको सम्मानपूर्वक बाँच्न पाउने हक तथा धारा ३९ ले प्रदान गरेको बालबालिकाको हकअन्तर्गत शिक्षा स्वास्थ्य, पालन पोषण, उचित स्याहार, खेलकुद,…
जबरजस्ती करणी तथा गर्भपतन लुकीछिपी गरिने अति संवेदनशील विषय भएको र यसको सामान्यतया प्रत्यक्ष प्रमाण पाउन कठिन हुने हुँदा कसुर कायम गरी सजाय गर्नको लागि मिसिल संलग्न प्रमाणको लेखाजोखा गर्दा जाहेरी तथा पीडितको बकपत्रलाई प्रमाण मूल्याङ्कनको प्राथमिकतामा राख्नुपर…
निर्णय पर्चा बदर गरी फैसलाबमोजिम जग्गा दर्ता गरिपाऊँ
अदालतबाट कुनै विवादका विषयमा प्रमाणको मूल्याङ्कन गरी निर्णय गरी अन्तिम भई बसेको अवस्थामा सोही विषय पुनः उठान गरी विवाद उठाइएमा सो अन्तिम भई बसेको तथ्यलाई हेरी सो प्रतिकूल नहुने गरी आदेश वा निर्णय गर्नुपर्ने । एउटै विषय पटक-पटक निर्णय वा आदेशको विषय बनिरहँदा फै…
सबै मानव जातिहरू स्वतन्त्र रूपले जन्मने, प्रतिष्ठा एवं अधिकारमा समान हुने तथा प्रत्येक व्यक्ति कुनै पनि किसिमको जाति, वर्ण, उत्पतिको भेदभावविना सम्पूर्ण मानव अधिकार तथा स्वतन्त्रताको हकदार हुने छन् भन्ने मानव अधिकारको विश्वव्यापी घोषणाको आधारभूत मूल्य मान्यत…
कैदीहरूको गम्भीर स्वास्थ्य अवस्था तथा उपचारको आवश्यकतालाई जानाजानी ध्यान नदिनु क्रूर सजाय दिनुसरह हुन जाने । कैदीबन्दीका लागि स्वास्थ्यको अधिकार निजहरूको मानव अधिकारको अनिवार्य र आधारभूत पक्ष हुने । कैदीहरू पनि अन्य व्यक्तिसरह समान स्तरको स्वास्थ्यको हेरचाहको…
बाबु आमा दुवैको मृत्युपश्चात् नातामा विवाद उठेबाट आमा बाबुको मृत्युको कारणले मात्र नाता नरहने भन्न नमिल्ने । मृतकको जीवन नरहे पनि नाता जीवित रहने, पहिचान र नाता जीवितसँग मात्र नजोडिने, मृत्यु भइसकेका व्यक्तिसँग पनि नाता र पहिचान जोडिने । बाबु आमासँगको नाता न…
राज्यका हरेक निकाय तथा अधिकारीबाट गरिने वा गरिएका कार्यहरू जबसम्म अन्यथा देखिँदैन, तबसम्म कानूनसम्मत नै रहे भएका छन् भनी मान्नुपर्ने । राज्यको काम कारबाहीबाट कोही कसैको हक अधिकार हनन भैहाल्यो भने पनि त्यो कुरा वस्तुनिष्ठ रूपमा देखिनुपर्ने । अनुमान र शंकाको भरम…
घरसमेत बनाई जग्गा खिचोला गरेकोले खिचोला मेटाई चलन चलाइपाऊँ
घर बनाइएको जग्गा अर्काको हक स्वामित्वभित्रको देखिन्छ भने घर बनाएको विषयमा नालिस गर्ने हदम्याद नाघ्दैमा सम्बन्धित जग्गाधनीको आफ्नो जग्गामाथिको स्वामित्व पनि समाप्त हुन्छ भन्नु न्यायसङ्गत नहुने । सम्पत्तिमाथिको स्वामित्वको प्राप्ति र समाप्ति हुने सम्बन्धमा क…
अंशसम्बन्धी हक जन्मसिद्ध भए पनि अंश एकपटक मात्र पाउने र व्यवहार प्रमाणबाट आ आफ्नो नाममा नापी दर्ता भोग तिरोभरो बिक्री व्यवहार गरेको अवस्थालाई अंशबन्डाको ३० नं. ले छुट्टी भिन्न भएको मानिने हुँदा एकपटक अंश लिई पाई छुट्टी भिन्न भइसकेपछि अंश हक समाप्त हुने हुँद…
सहअभियुक्तको पोल मुद्दामा निश्चयात्मक र प्राथमिक प्रमाण हुन नसक्ने । सहअभियुक्तको पोल जतिसुकै किटानी भए तापनि यसलाई संशयपूर्वक नै हेरिनुपर्ने । (प्रकरण नं.५) अदालतबाहिर गरिएको बयानमा पोलसमेत त्यसरी बयान गर्ने अभियुक्त कसुरमा साबित छ र त्यस्तो पोल अन्य प्रमाणब…
सम्पत्ति शुद्धीकरणको कसुर स्थापित हुन पहिलो चरणमा उक्त सम्पत्ति कसुरजन्य कार्यबाट आर्जित वा प्राप्ति भएको देखिनुपर्ने । सम्पत्ति शुद्धीकरण आफैँमा स्वतन्त्र अपराध हो तर यसको प्रक्रिया वा गतिविधि आपराधिक आय वा प्राप्तिसँग जोडिएको हुने । यो कसुर हुन पहिलो चरणमा…
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ अनुसारको अपराध हुन झुट्टा विवरण पेस गरी त्यसबाट लाभ लिइसकेको वा लिई नसकेको जेसुकै अवस्था भए पनि त्यसबाट लाभ लिने मनसायको विद्यमानता देखिनु नै पर्याप्त हुने । झुट्टा विवरण तयारसम्म गरेको, तर त्यस्तो झुट्टा विवरण कहीँकतै पनि…
सहअभियुक्तको पोललाई प्रमाणमा ग्रहण गर्नका लागि सहअभियुक्त आफू कसुरमा साबित हुनुपर्ने, अदालतमा भएको बयानमा पोल गरिएको हुनुपर्ने र त्यस्तो पोल अन्य प्रमाणबाट समर्थित हुनुपर्ने सर्तहरू पूरा हुनुपर्ने । सहअभियुक्तको पोलको सन्दर्भमा, प्रमाण ऐन, २०३१ को दफा ९क. को व…
जग्गाको प्रकृति र जग्गा अवस्थित रहेको स्थानको आधारमा पनि जग्गाको महत्त्व र मूल्य घटी बढी रहेको हुने । घरव्यवहार चलाउने व्यक्तिले बिक्री वितरण गरेको सम्पत्ति आफूसँग भएको जग्गाको सम्पूर्ण क्षेत्रफलको आधारमा आधाभन्दा कम बिक्री वितरण गरेको भए पनि मूल्य, महत्त्व तथ…