नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11466 · वि.सं. २०८२

नि.नं. 11466 — निर्णय बदर हक कायम

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै जग्गा कसैको नाउँमा दर्ता नामसारी हुनका लागि स्पष्ट कानूनी आधार हुनु अनिवार्य हुने । कानूनमा स्पष्ट व्यवस्था गरेको छ भने सोही आधारमा गरिएको काम कारबाहीले वैधता र मान्यता प्राप्त गर्न सक्ने कुरामा विवाद नहुने । तर कानूनी आधार बिना गरिएको काम कारबाही स्वेच्छाचारी र कानून प्रतिकूल भई बदरभागी हुने । (प्रकरण नं.४) यदि हकको आधार नै अवैध हो भने त्यसको आधारमा गरिएका सबै कार्यहरू पनि दूषित ठहरिने (no title can arise from a defective root of title) । यस्तो दूषित क्रियाबाट गराएको नामसारीबाट प्रतिवादीको हक कायम रहन र वादीको हक समाप्त हुन नसक्ने । छलकपटले सबै प्रक्रिया दूषित बनाउने (Fraud vitiates everything) । रैकर परिणत दूषित तवरले अधिकारविहीन व्यक्तिको नाममा गरिएको छ भने सो निर्णय स्वतः बदरयोग्य हुने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11466
मुद्दाको विषयनिर्णय बदर हक कायम
निर्णय वर्ष / मिति2081/3/6
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशडा. मनोजकुमार शर्मा, अब्दुल अजीज मुसलमान, टेकप्रसाद ढुङ्गाना
मुद्दा नं.०८०-DF-००२६
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11466
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्