नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11465 · वि.सं. २०८२
नि.नं. 11465 — अदालतको अवहेलना
सिद्धान्त / नजिर सार (Headnote Summary)
अदालतको मर्यादा र गरिमा बचाइराख्न र न्यायपालिकाको आस्था, विश्वास र भरोसा कायम राख्न तथा न्यायिक निर्णय, आदेश वा फैसलाको कार्यान्वयन हुने अवस्था सुनिश्चित गर्न अदालतको अवहेलनामा कारबाही चलाई दोषीलाई सजाय गर्नु आवश्यक र औचित्यपूर्ण हुने । यो अदालतको अन्तरनिहित अधिकार नै हो । नेपालको संविधान र न्याय प्रशासन ऐन, २०७३ ले न्याय सम्पादनको कार्यमा अवरोध गर्ने र अदालतको फैसला वा आदेशको अवज्ञा गर्ने कार्यलाई अदालतको अवहेलनाको कसुरका आधारभूत तत्त्वको रूपमा समावेश गरेको भए पनि न्यायको प्रवाहमा अवाञ्छित हस्तक्षेप गर्ने, आक्रमण गर्ने, होच्याउने, अपमानित गर्ने, झुठ्ठा भ्रम फैलाउनेसमेतका कार्यबाट समेत अदालतको अवहेलना हुने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11465 |
|---|---|
| मुद्दाको विषय | अदालतको अवहेलना |
| निर्णय वर्ष / मिति | 2081/3/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | डा. नहकुल सुवेदी, टेकप्रसाद ढुङ्गाना |
| मुद्दा नं. | ०७६-DF-०००१ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11465 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
