नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11460 · वि.सं. २०८२
नि.नं. 11460 — निर्णय पर्चा बदर गरी फैसलाबमोजिम जग्गा दर्ता गरिपाऊँ ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
अदालतबाट कुनै विवादका विषयमा प्रमाणको मूल्याङ्कन गरी निर्णय गरी अन्तिम भई बसेको अवस्थामा सोही विषय पुनः उठान गरी विवाद उठाइएमा सो अन्तिम भई बसेको तथ्यलाई हेरी सो प्रतिकूल नहुने गरी आदेश वा निर्णय गर्नुपर्ने । एउटै विषय पटक-पटक निर्णय वा आदेशको विषय बनिरहँदा फैसला अन्तिमताको सिद्धान्त प्रतिकूल हुन जाने । यस्तो अवस्थालाई अदालतले स्वीकार गर्न नसक्ने । (प्रकरण नं.४) जग्गा सम्बन्धमा दुई पक्षको कुरा सुनी अधिकार प्राप्त निकायबाट भएको निर्णयको परीक्षण अदालतबाट भई फैसला अन्तिम भइसकेको अवस्थामा पुनः सोही विषयमा उजुर गरी निर्णय गर्नु कानूनसम्मत नहुने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11460 |
|---|---|
| मुद्दाको विषय | निर्णय पर्चा बदर गरी फैसलाबमोजिम जग्गा दर्ता गरिपाऊँ । |
| निर्णय वर्ष / मिति | 2080/10/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | कुमार रेग्मी, टेकप्रसाद ढुङ्गाना |
| मुद्दा नं. | ०७२-CI-०८८९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11460 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
