नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11470 · वि.सं. २०८२

नि.नं. 11470 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै व्यक्ति, फर्म वा कम्पनीको सम्पत्ति लिलाम/सकार गर्दा धितो मूल्याङ्कन गर्नुपर्ने प्रक्रिया केबल कानूनी औपचारिकता मात्र नभई बैंकिङ प्रणालीको एक स्वीकार्य मान्यता र प्रचलित अभ्यास पनि हुने । यस सम्बन्धमा प्रचलित कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागिसमेत धितोमा रहेको जेथा लिलामअघि मूल्याङ्कन गर्नुपर्ने । व्यक्तिको सम्पत्तिको हकको प्रश्‍न सन्‍निहित प्रक्रियामा न्यायोचित अभ्यास वाञ्‍छित मानिने । धितो राखिएको सम्पत्तिबाट कर्जा असुली गर्नुपर्ने भएमा त्यस्तो सम्पत्तिको मान्यताप्राप्त व्यक्ति वा फर्मबाट प्राविधिक मूल्याङ्कन गर्ने गराउने वा स्थानीय जनप्रतिनिधि वा स्थानीय प्रशासनको प्रतिनिधि, मालपोत कार्यालयको प्रतिनिधिलगायत स्थानीय व्यक्तिहरूबाट पञ्‍चकिर्ते मूल्याङ्कन गर्ने वा समान अवस्थाका साँध सिमानाका जग्गाको मूल्य वा रजिस्ट्रेसन प्रयोजनका लागि मालपोत कार्यालयले गरेको मूल्याङ्कन आदिलाई सन्दर्भका रूपमा लिनु उपयुक्त देखिन्छ । यस बाहेक, सुरूमा धितो स्वीकार गर्दा गरिएको जेथाको मूल्याङ्कनलाई पनि जेथा सकार गर्ने प्रयोजनका लागि आधार लिन सकिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11470
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2079/11/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशसपना प्रधान मल्ल, नहकुल सुवेदी
मुद्दा नं.०७२-WO-०४७९
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11470
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्