नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11452 · वि.सं. २०८२
नि.नं. 11452 — सम्पत्ति शुद्धीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
सम्पत्ति शुद्धीकरणको कसुर स्थापित हुन पहिलो चरणमा उक्त सम्पत्ति कसुरजन्य कार्यबाट आर्जित वा प्राप्ति भएको देखिनुपर्ने । सम्पत्ति शुद्धीकरण आफैँमा स्वतन्त्र अपराध हो तर यसको प्रक्रिया वा गतिविधि आपराधिक आय वा प्राप्तिसँग जोडिएको हुने । यो कसुर हुन पहिलो चरणमा अन्य अपराधबाट सम्पत्ति आर्जन भएको हुनुपर्ने तथा सो आर्जित सम्पत्तिलाई शुद्धीकरणको प्रक्रियामा संलग्न वा वित्तीय लगानीमा प्रयोग गरिएको हुनुपर्ने । (प्रकरण नं.४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11452 |
|---|---|
| मुद्दाको विषय | सम्पत्ति शुद्धीकरण |
| निर्णय वर्ष / मिति | 2081/7/8 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | सपना प्रधान मल्ल, हरिप्रसाद फुयाल, बालकृष्ण ढकाल |
| मुद्दा नं. | ०७९-CF-००१२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11452 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
