नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11453 · वि.सं. २०८२

नि.नं. 11453 — लागु औषध गाँजा

सिद्धान्त / नजिर सार (Headnote Summary)

सहअभियुक्तको पोल मुद्दामा निश्‍चयात्मक र प्राथमिक प्रमाण हुन नसक्ने । सहअभियुक्तको पोल जतिसुकै किटानी भए तापनि यसलाई संशयपूर्वक नै हेरिनुपर्ने । (प्रकरण नं.५) अदालतबाहिर गरिएको बयानमा पोलसमेत त्यसरी बयान गर्ने अभियुक्त कसुरमा साबित छ र त्यस्तो पोल अन्य प्रमाणबाट समर्थित हुनुका साथै निजले उक्त बयान यातना वा डर, धाक, धम्कीविना, स्वेच्छाले र सचेतपूर्वक दिएको छ भने साबिती बयानसरह नै पोल बयानलाई समेत प्रमाणमा लिन बाधा नहुने । तर प्रमाण ऐन, २०३१ को दफा ९ को उपदफा (२) को खण्ड (क) को देहाय (१), (२) र (३) को अवस्थाको विद्यमानता छैन भने त्यस्तो पोल बयानलाई प्रमाण ग्राह्य मान्न नमिल्ने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11453
मुद्दाको विषयलागु औषध गाँजा
निर्णय वर्ष / मिति2080/10/25
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशप्रकाशकुमार ढुङ्गाना, डा. नहकुल सुवेदी, अब्दुल अजीज मुसलमान
मुद्दा नं.०७९-CF-०००९
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11453
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्