नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11464 · वि.सं. २०८२
नि.नं. 11464 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
घर निर्माण नै रोकिपाउँ भन्ने निवेदन दिएको वादीले उक्त घर निर्माणमा योगदान गरेका होलान् भनी सामान्य अनुमानसमेत गर्न नमिल्ने । घर निर्माण भएको जग्गा सगोलको भए तापनि उक्त निर्मित घरमा सगोलको लगानी नभई कुनै अंशियारको निजी तवरबाट लगानी भएमा अन्य अंशियारको बन्डा नलाग्ने । (प्रकरण नं.५) पृथक् पृथक् तथ्य एवम् विषयवस्तु रहेका मुद्दामा पृथक् पृथक् राय, सिद्धान्त एवम् व्याख्या हुनु स्वाभाविक हुने । फरक फरक तथ्य एवम् विषयवस्तु रहे भएको मुद्दामा कायम गरिएको फरक राय, सिद्धान्त एवम् व्याख्यालाई ruling बाझिएको भन्न नमिल्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11464 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2081/7/29 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | प्रकाशमान सिंह राउत, सुनिलकुमार पोखरेल, नृपध्वज निरौला |
| मुद्दा नं. | ०८०-NF-००२९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11464 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
