नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11451 · वि.सं. २०८२
नि.नं. 11451 — भ्रष्टाचार (नक्कली प्रमाणपत्र)
सिद्धान्त / नजिर सार (Headnote Summary)
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ अनुसारको अपराध हुन झुट्टा विवरण पेस गरी त्यसबाट लाभ लिइसकेको वा लिई नसकेको जेसुकै अवस्था भए पनि त्यसबाट लाभ लिने मनसायको विद्यमानता देखिनु नै पर्याप्त हुने । झुट्टा विवरण तयारसम्म गरेको, तर त्यस्तो झुट्टा विवरण कहीँकतै पनि पेस नगरेको अवस्थाको विद्यमानता स्थापित भएमा ऐ. दफा १६ को सन्दर्भमा कसुर ठहर गर्न नमिल्ने, तर त्यस्तो झुट्टा विवरण लाभ लिने उद्देश्यले कहीँकतै पेस गरेको वा त्यस्तो झुट्टा विवरणबाट लाभ प्राप्त गरिसकेको अवस्था विद्यमान देखिएमा ऐ. ऐनको दफा १६ को सन्दर्भमा कसुर ठहर हुने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11451 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार (नक्कली प्रमाणपत्र) |
| निर्णय वर्ष / मिति | 2081/03/20 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | प्रकाशकुमार ढुङ्गाना, तिलप्रसाद श्रेष्ठ, विनोद शर्मा, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना |
| मुद्दा नं. | ०८०-CF-०००६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11451 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
