नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11450 · वि.सं. २०८२

नि.नं. 11450 — जबरजस्ती करणी

सिद्धान्त / नजिर सार (Headnote Summary)

सहअभियुक्तको पोललाई प्रमाणमा ग्रहण गर्नका लागि सहअभियुक्त आफू कसुरमा साबित हुनुपर्ने, अदालतमा भएको बयानमा पोल गरिएको हुनुपर्ने र त्यस्तो पोल अन्य प्रमाणबाट समर्थित हुनुपर्ने सर्तहरू पूरा हुनुपर्ने । सहअभियुक्तको पोलको सन्दर्भमा, प्रमाण ऐन, २०३१ को दफा ९क. को व्यवस्थानुसार सहअभियुक्त अदालतमा आफू साबित भई गरेको पोललाई अन्य प्रमाणले पुष्‍टि गरेको हुनुपर्ने, ऐ. ऐनको दफा ३८ अनुसार त्यसरी पोल गर्ने अभियुक्त साक्षीसरह हुने र ऐ. ऐनको दफा ४८ बमोजिम निजको बकपत्र गराउनुपर्ने र सहअभियुक्तलाई जिरह गर्न सकिने भनी मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १०३ ले गरेको कानूनी व्यवस्था तथा प्रमाण ऐन, २०३१ को दफा ५०(५क) बमोजिम सहअभियुक्तले पोल गरेमा सो पोल गरेको हदसम्म सहअभियुक्तलाई जिरह गर्न अवसर दिने भन्‍ने व्यवस्था र मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ५५ मा कुनै सहअभियुक्तले अर्को अभियुक्तउपर पोल बयान गरेमा निजको बयान हुनुअघि उक्त बयान बेहोरा सुनाई मात्र बयान लिनुपर्ने भन्‍ने व्यवस्थाको सम्बन्धमा समेत विचार गर्नुपर्ने । कानूनमा रहेको सहअभियुक्तको जिरह गर्ने कार्यविधिगत व्यवस्थालाई सुरू तहका अदालतबाट सहअभियुक्तको पोल भएको अवस्थामा पोलिने अभियुक्तबाट जिरह गर्ने अवसर प्रदान गर्ने प्रचलित कानूनको व्यवस्थालाई सोही कानूनबमोजिम र सो कानूनको अधीनमा रही कार्यान्वयन गर्नुपर्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11450
मुद्दाको विषयजबरजस्ती करणी
निर्णय वर्ष / मिति2081/7/9
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशहरिप्रसाद फुयाल, शारङ्गा सुवेदी
मुद्दा नं.०७६-CR-१२२६
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11450
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्