नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11468 · वि.सं. २०८२

नि.नं. 11468 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

पुरातात्त्विक विषयमा राज्यको तर्फबाट दायित्व र भूमिका निर्वाह गर्ने विज्ञहरूको उपस्थिति रहेको पुरातत्त्व विभागको भूमिका पशुपति क्षेत्रको संरक्षणमा नरहने भन्ने होइन । पशुपति क्षेत्रको पुरातात्त्विक वस्तुहरू तथा स्मारकहरूको संरक्षणको कुरामा पुरातत्त्व विभाग र पशुपति क्षेत्र विकास कोषका बिच समन्वयकारी र सहयोगात्मक भूमिकाको स्वाभाविक अपेक्षा रहने । संस्थागत स्वायत्तता प्रदान गर्ने छुट्टै कानून बनेको छ भन्ने आधारमा नै पुरातत्त्व विभाग र सो सम्बद्ध विशेषज्ञबाट विज्ञतापूर्ण दक्ष सेवा प्राप्‍त गर्नु पर्दैन भन्ने होइन । पशुपति क्षेत्रको पुरातात्त्विक वस्तुहरू तथा स्मारकहरूको संरक्षणको कुरामा पुरातत्त्व विभागको समेत जवाफदेहिता रहने । पशुपतिक्षेत्र विकास कोष तथा पुरातत्त्व विभाग दुवैले कुनै प्राविधिक कारण देखाएर संरक्षण कार्यबाट पन्छिन, अन्देखा गर्न वा यसलाई महत्त्वहीन ठान्न नमिल्ने । (प्रकरण नं.९) पशुपति क्षेत्र धर्म, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको क्षेत्र भएकोले यसको संरक्षण र सम्वर्द्धन गर्ने कुरा राज्यद्वारा खडा गरिएका कुनै निकायको एकाधिकार वा स्वेच्छाचारी विशेषाधिकार बन्न नसक्ने । पशुपतिक्षेत्र विकास कोष जस्ता संस्थाहरू पशुपति क्षेत्रका पुरातात्त्विक सम्पदाहरूको मालिक नभएर संरक्षण र कुशल व्यवस्थापन प्रयोजनका लागि खडा गरिएका न्यासधारी (trustee) संस्था हुन् । पशुपति क्षेत्र आम नेपालीहरू लगायत समस्त धर्मानुरागी र संस्कृतिप्रेमी मानव जातिको साझा धरोहर रहेकोले यसको संरक्षण कार्यमा पनि त्यसै प्रकारको उदात्त चाहना र भावना मुखरित हुनुपर्ने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11468
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2080/10/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशईश्‍वरप्रसाद खतिवडा, डा. नहकुल सुवेदी
मुद्दा नं.०७५-WO-०७००
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11468
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्