नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11461 · वि.सं. २०८२

नि.नं. 11461 — जबरजस्ती करणी र गर्भपतन

सिद्धान्त / नजिर सार (Headnote Summary)

जबरजस्ती करणी तथा गर्भपतन लुकीछिपी गरिने अति संवेदनशील विषय भएको र यसको सामान्यतया प्रत्यक्ष प्रमाण पाउन कठिन हुने हुँदा कसुर कायम गरी सजाय गर्नको लागि मिसिल संलग्न प्रमाणको लेखाजोखा गर्दा जाहेरी तथा पीडितको बकपत्रलाई प्रमाण मूल्याङ्कनको प्राथमिकतामा राख्‍नुपर्ने भए तापनि सो कुरालाई पीडितको शारीरिक स्वास्थ्य जाँच प्रतिवेदन तथा मिसिल संलग्न अन्य परिस्थितिजन्य प्रमाणले पुष्टि गर्नुपर्ने । पीडितको बकपत्रलाई शङ्कारहित रूपमा शारीरिक स्वास्थ्य परीक्षण, घटना प्रकृति मुचुल्कालगायतका स्वतन्त्र प्रमाणबाट कसुर पुष्टि हुन नसकेकोमा केवल जाहेरी दरखास्त, मौकाको कागज र बकपत्रलाई मात्र प्रमाणको रूपमा ग्रहण गरी यस्तो संवेदनशील फौजदारी मुद्दामा प्रतिवादीलाई सजाय गर्न उचित नहुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11461
मुद्दाको विषयजबरजस्ती करणी र गर्भपतन
निर्णय वर्ष / मिति2081/3/16
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशकुमार रेग्मी, सुनिलकुमार पोखरेल
मुद्दा नं.०७५-CR-०१३२
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11461
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्