नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11458 · वि.सं. २०८२
नि.नं. 11458 — ( बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
कैदीहरूको गम्भीर स्वास्थ्य अवस्था तथा उपचारको आवश्यकतालाई जानाजानी ध्यान नदिनु क्रूर सजाय दिनुसरह हुन जाने । कैदीबन्दीका लागि स्वास्थ्यको अधिकार निजहरूको मानव अधिकारको अनिवार्य र आधारभूत पक्ष हुने । कैदीहरू पनि अन्य व्यक्तिसरह समान स्तरको स्वास्थ्यको हेरचाहको हकदार हुने । कैदीहरूको स्वास्थ्यसम्बन्धी अधिकारलाई मान्यता दिनु र संरक्षण गर्नु नैतिक अनिवार्यता मात्र होइन, न्याय, पुनर्स्थापना र समग्र सामाजिक कल्याणलाई बढावा दिने व्यावहारिक दृष्टिकोण र मानव अधिकार पनि हुने । ९प्रकरण नं।११० गोलघरमा राख्नुको अर्थ एकान्त कारावास ९कयष्तिबचथ अयलाष्लझभलत० मा राख्नु भई यो दण्डको एक कठोर स्वरूप हुने । कारागारको सुरक्षा कायम गर्न र कैदीको व्यवहार व्यवस्थापन गर्ने उद्देश्यले कैदीलाई एकान्त कारावासमा राख्ने कारागार नियमावली, २०२० को नियम ५ मा उल्लेख भएको प्रावधान ऐ। नियममा उल्लिखित अवस्थाको थुनुवा वा कैदीका लागि मात्र गरिएको व्यवस्था हुने । एकान्त कारावासलाई सामान्य अवस्थामा निषेध नै गरिएकोले एकान्त कारावास आफैँमा सजायको स्वरूप रही यसलाई कानूनले तोकेको अवस्थामा मात्र प्रयोग गरिनुपर्ने । कारागारको अत्यधिक चाप देखाई कैदी बन्दीलाई गोलघरमा राख्ने आधार बन्न नसक्ने हुँदा यस्तो कार्य कानूनसङ्गत नहुने । ९प्रकरण नं।१२० पुनरावेदक र प्रतिवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री लोकभक्त राणा एवं श्री रामबन्धु शर्मा तथा विद्वान् अधिवक्ताहरू श्री शकुन्तला थापा एवं श्री निहिता विश्वास प्रत्यर्थी र वादीका तर्फबाट स् विद्वान् सहन्यायाधिवक्ता श्री लोकराज पराजुली
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11458 |
|---|---|
| मुद्दाको विषय | ( बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | २०८२ |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | सपना प्रधान मल्ल, तिलप्रसाद श्रेष्ठ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11458 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
