नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11456 · वि.सं. २०८२
नि.नं. 11456 — उत्प्रेषणसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
राज्यका हरेक निकाय तथा अधिकारीबाट गरिने वा गरिएका कार्यहरू जबसम्म अन्यथा देखिँदैन, तबसम्म कानूनसम्मत नै रहे भएका छन् भनी मान्नुपर्ने । राज्यको काम कारबाहीबाट कोही कसैको हक अधिकार हनन भैहाल्यो भने पनि त्यो कुरा वस्तुनिष्ठ रूपमा देखिनुपर्ने । अनुमान र शंकाको भरमा त्यत्तिकै राज्यको वैधानिक निकायबाट भएका तथा हुने काम कारबाहीलाई शंका र अविश्वास गरिहाल्न नमिल्ने । राज्यको संरचना कुनै व्यक्ति वा सीमित समूहको हितको लागि निर्माण भएको नभई यो आफ्ना नागरिक र मुलुकलगायत समग्र चराचर जगत्कै हित, उत्थान, विकास र सहजताका लागि सामाजिक सम्झौताबाट निर्माण गरिएको सामाजिक इकाइ (social entity) भई राज्यको सबै संरचनाले आफ्नो कर्तव्य र दायित्व पनि सोहीअनुसार सम्पादन गर्दछ भनी मान्नुपर्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11456 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणसमेत |
| निर्णय वर्ष / मिति | 2080/7/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | विश्वम्भरप्रसाद श्रेष्ठ, डा. कुमार चुडाल |
| मुद्दा नं. | ०७५-WO-१११२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11456 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
