नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11459 · वि.सं. २०८२

नि.नं. 11459 — परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

सबै मानव जातिहरू स्वतन्त्र रूपले जन्मने, प्रतिष्ठा एवं अधिकारमा समान हुने तथा प्रत्येक व्यक्ति कुनै पनि किसिमको जाति, वर्ण, उत्पतिको भेदभावविना सम्पूर्ण मानव अधिकार तथा स्वतन्त्रताको हकदार हुने छन् भन्‍ने मानव अधिकारको विश्‍वव्यापी घोषणाको आधारभूत मूल्य मान्यताविपरीत मान्छे-मान्छेबिचमा जातका आधारमा हुने कुनै पनि विभेद स्वीकार्य नहुने । २१ औं शताब्दीको उत्तरार्धसम्म आइपुग्दा अझै पनि मान्छेले मान्छेलाई जात जातिको आधारमा उँचो निचो मान्‍ने, विभेद, बहिष्करण तथा उत्पीडनमा राख्‍ने र जात जातिकै आधारमा मान्‍छे वञ्‍चितीकरणमा पर्नुपर्ने विषय कुनै पनि जाति, भाषा, धर्म, संस्कृति, परम्परा तथा मूल्य मान्यताका आधारमा स्वीकार गर्न नसकिने । यस्तो विभेदको जरैदेखि अन्त्य गर्न राज्यले निरन्तर अनुगमन, रणनीति तथा कार्यनीतिको निर्माण र कार्यान्वयन, कानूनको प्रभावकारिता अध्ययन तथा पुनरावलोकन, जनचेतनाको प्रवाहीकरणका साथै निश्‍चित कार्ययोजनाका साथ सशक्तीकरणसमेत गर्नुपर्ने । (प्रकरण नं.१२) संविधान र कानूनको व्याख्या गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई हुने छ भन्‍ने संवैधानिक व्यवस्थाले समेत विधायिकाले निर्माण गरेको कानून संविधानको भावना र मर्मअनुरूप भए नभएको व्याख्या गर्ने तथा निर्माण भएका कानूनले संविधानका मर्म पूरा गर्न नसकेको अवस्थामा सो कानूनलाई संविधानको भावना प्रतिबिम्बित हुने गरी कानून निर्माण गर्न, पूर्णता दिन र कार्यान्वयन गर्न विधायिका तथा कार्यपालिकालाई निर्देशनसमेत दिन सक्ने । सुशासन कायम गर्ने ध्येय बोकेको लोककल्याणकारी राज्य सदैव नागरिकको हितका निमित्त तल्लीन रहनुपर्ने । (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11459
मुद्दाको विषयपरमादेश
निर्णय वर्ष / मिति2081/9/1
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशकुमार रेग्मी, तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७५-WO-०७७५
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11459
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्