नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11455 · वि.सं. २०८२

नि.नं. 11455 — घरसमेत बनाई जग्गा खिचोला गरेकोले खिचोला मेटाई चलन चलाइपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

घर बनाइएको जग्गा अर्काको हक स्वामित्वभित्रको देखिन्छ भने घर बनाएको विषयमा नालिस गर्ने हदम्याद नाघ्दैमा सम्बन्धित जग्गाधनीको आफ्नो जग्गामाथिको स्वामित्व पनि समाप्‍त हुन्छ भन्‍नु न्यायसङ्गत नहुने । सम्पत्तिमाथिको स्वामित्वको प्राप्‍ति र समाप्‍ति हुने सम्बन्धमा कानूनले निश्‍चित आधारहरू तोकेकोमा कानूनले तोकेको आधारमा मात्र कुनै सम्पत्तिमाथिको हक स्वामित्व समाप्‍ति वा प्राप्‍ति हुन सक्ने । (प्रकरण नं.४) हाल प्रचलित कानूनी व्यवस्थाअनुसार अन्यथा प्रमाणित नभएसम्म जग्गाको स्वामित्व निर्धारणको आधारको रूपमा एक मात्र आधिकारिक प्रमाणको रूपमा जग्गाधनी दर्ता प्रमाण पुर्जालाई लिइने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11455
मुद्दाको विषयघरसमेत बनाई जग्गा खिचोला गरेकोले खिचोला मेटाई चलन चलाइपाऊँ ।
निर्णय वर्ष / मिति2081/08/20
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशडा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, अब्दुल अजीज मुसलमान
मुद्दा नं.०७९-DF-००१५
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11455
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्