संगठनमा अवकाश नियमित एवम् अनिवार्य प्रक्रिया भई मानव स्रोत व्यवस्थापनको अभिन्न आयामको रूपमा रहेको हुने । कानूनले निर्धारण गरेको सर्त एवम् नियमको परिधिभित्र रही अनिवार्य अवकाशमा जाने कर्मचारीलाई निजले पाउने सेवा सुविधा निजको योगदानको कदर तथा सम्मानका साथ निवृत…
लेनदेन मुद्दामा वादी दाबी ठहर भई फैसला कार्यान्वयन गर्दा अदालतले पक्षहरूको सहभागिता, सन्तुष्टि र न्यायको प्रत्याभूतिलाई प्रमुखताका साथ हेर्नुपर्ने । न्यायिक प्रक्रियाले पूर्णता प्राप्त गरेपछि मात्र लिलाम सकार गर्ने पक्षको लिलाम सकार गरेको सम्पत्तिको हक परिपक…
कर्मचारीलाई साबिक सेवाको एक श्रेणीमाथिको पदमा बढुवाको लागि अवसर प्रदान गर्दा के कस्तो सर्तको अधीनमा रही अवसर प्रदान गर्ने भन्ने विषयमा सङ्घीय निजामती सेवासम्बन्धी ऐनले वस्तुगत र विस्तृत व्यवस्था गर्नुपर्ने विषय अदालतबाट व्याख्या गरी स्पष्ट हुने विषयभन्दा पनि…
चेक सटही हुन नसक्ने गरी जानी बुझिकन आफूले बैंकमा खाता खोल्नुभन्दा अगाडिको मिति राखी चेक जारी गरेको अवस्था देखिएकोले ऐनमा भएको कानूनी प्रावधानबमोजिम सो चेक बैंकमा प्रस्तुत नगरी कसैले पनि ड्रअरउपर दाबी गर्न पाउने छैन भन्नु न्यायोचित नहुने । (प्रकरण नं.४) पुनराव…
कुनै कानूनमा संशोधन भई कसुर हुँदाका अवस्थामा भन्दा सजाय बढाएकोमा पश्चात् दर्शी असर पर्ने गरी त्यस्तो सजाय कार्यान्वयन गरिनु नहुने । पहिलेभन्दा सजाय घटाएकोमा घटी सजाय नै निर्धारण वा कार्यान्वयन हुनुपर्ने । (प्रकरण नं.७) पछिल्लो कानूनले घटी सजाय गरेकोमा घटी सज…
अंश हक प्रचलित कानूनद्वारा स्थापित कुनै पनि व्यक्तिको नैसर्गिक हक अधिकार भएकोले विधिवत् रूपमा प्राप्त वा परित्याग नगरेसम्म सो हक समाप्त नहुने । सगोलको पैतृक सम्पत्ति पतिले पत्नीलाई बकसपत्र पारित गरिदिए तापनि उक्त सम्पत्तिमा निज पतिले आफ्नो अंश हक स्पष्ट रू…
आफ्नो अंश भागमा परेको आफ्नै हकभोगको अचल सम्पत्ति त्यस्तो अंशियारले आफूखुस गर्न पाउने भई जुनसुकै बेहोराले हक हस्तान्तरण गर्न सक्ने । सोबाहेक एकपटक आफैँले लिखत रजिस्ट्रेसन पारित गरी अरूलाई हक हस्तान्तरण गरिसकेको आफ्नो हकै नपुग्ने अचल सम्पत्ति आफ्नो नामबाट नामसा…
चेकबमोजिमको रकम खातामा मौज्दात नभएको कुरा जानी जानी चेक काटेको र भुक्तानी हुन नसकेको विषयलाई कसुरको रूपमा परिभाषित गर्नुको अर्थ जसले चेक काटिदिएको हो उसले चेक पाउने व्यक्तिलाई तिर्नुपर्ने थियो वा थिएन वा कति रकम तिर्नुपर्ने थियो भनेर लेनदेन मुद्दामा जस्तो प्रम…
म्यादको सम्बन्धमा कानूनले स्पष्ट प्रावधान गरेको छ भने त्यसलाई नै अनुशरण गर्नुपर्ने तर कानूनमा द्विविधा देखिन्छ भने त्यसलाई सामञ्जस्यपूर्ण र व्यवहारउपयोगी हुने गरी व्याख्या गरिनुपर्ने । कानूनी प्रावधानहरू एकआपसमा विरोधाभाषपूर्ण नभई एकआपसमा परिपूरक रहन्छन् भन्न…
कुनै सम्पत्ति सगोल वा निजी आर्जन के हो भन्ने सम्बन्धमा निरपेक्ष ढंगले छुट्याउन नमिल्ने । बाबुले आफूले खती उपती गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको सम्पत्ति निजको दाजुभाइको हकमा निजी आर्जन मानिन्छ भने निजको छोराछोरीको हकमा सोही सम्पत्ति सग…
राजमार्ग भनी घोषणा भइसकेको, सडक निर्माणका लागि तत्कालीन समयमा नै सडक निर्माण, विस्तार वा स्तरोन्नतिका लागि प्राप्त गरिएका जग्गाहरूमा जग्गाधनी वा अरू कसैको कुनै किसिमको हक कायम नरहने स्थितिमा कानूनी प्रक्रिया पूरा गरी कायम गरेको सडक सीमाभित्रको जग्गाको स्वामित…
मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद-४ मा रहेको कसुरको गम्भीरता बढाउने र घटाउने अवस्था फौजदारी कसुरमा सजाय निर्धारण गर्दा मिसिलबाट उजागर भएका तथ्यका रोहमा विचार गर्नुपर्ने पूर्वावस्था हुने । कुनै फौजदारी कसुरमा निश्चित अवधिको कैद वा जरिवानाको अङ्क किटान नभई क…
विचाराधीन मुद्दा र फैसला कार्यान्वयनको चरणमा समेत प्रतिवादी र पीडितले मिलापत्र गर्न सक्ने तथा मिलापत्र भएपछि त्यस्तो मुद्दामा फैसलाबमोजिम भएको दण्ड, जरिवाना वा शुल्कको लगत कट्टा हुने छ भनी कानूनमा नै प्रस्टरूपमा उल्लेख भइसकेको स्थितिमा मुद्दा र जुनसुकै अवस्थ…
गुठियारहरूले आफू तथा आफ्ना पिता पुर्खाले गुठी सञ्चालनार्थ राखेको कुनै जग्गा जमिनलाई निजका सन्तानहरूले त्यसको उचित संरक्षण र सञ्चालन गर्दै गुठीलाई निरन्तरता दिनुपर्नेमा उल्टै गुठीबापत राखेको जग्गा कमाएकै आधारमा आफैँ मोही भई पुनः आफ्नो तथा हकदारहरूको नाममा मोह…
सम्मान गर्नुपर्ने दायित्वअन्तर्गत राज्यले स्वास्थ्यसम्बन्धी अधिकारको उपभोगमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हस्तक्षेप गर्न नहुने, संरक्षण गर्नुपर्ने दायित्वअनुरूप उक्त हकको उपभोग गर्दा तेस्रो पक्षको हस्तक्षेप हुन नदिने र परिपूरणको दायित्वअनुरूप कानूनी, प्रशासनि…
कार्यालयको गल्तीबाट प्रतिवादीले जग्गा तह तह हस्तान्तरण गरेको र वादीले आफ्नो जग्गा सुरक्षित नै ठानी कहीँकतै उजुर नगरी बसेकोमा कार्यालयबाट भए गरेको गल्तीको कारण सम्बन्धित पक्षको हक समाप्त हुन जाने वा हदम्याद सकिएको भन्ने नहुने । (प्रकरण नं.४)
प्रतिवादी विरूद्धको कसुर प्रमाणित हुने प्रत्यक्ष प्रमाणको अभावमा हाम्रो न्यायिक प्रक्रियाबाट परीक्षण गर्न नसकिने विदेशका अदालतमा सोही देशको फौजदारी न्यायिक प्रक्रियाबमोजिम चलेको मुद्दाका प्रतिवादीले गरेको बहिर क्षेत्रीय (extra territorial) पोलयुक्त बयानलाई मात…
कानूनले स्पष्ट रूपमा कुनै काम गर्न मिल्दैन भनी प्रतिबन्ध लगाएको कुरालाई अन्यथा गर्ने गरी कुनै निर्णय गर्न वा कुनै काम कारबाहीलाई अनुमति प्रदान गर्न नमिल्ने । जुन काम कुरा कानूनले प्रत्यक्षरूपमा गर्न पाइँदैन भनेको छ सो कुरा अप्रत्यक्षरूपमा समेत गर्न नपाइने । (प…
प्रताडित मनोदशा भएको महिला (battered women syndrome) द्वारा भएको हिंसा र आवेशप्रेरित हत्याबिच केही अन्तर रहेको पाइने । आवेशप्रेरित हत्यामा तत्काल उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा त्यसमा मनसाय तत्त्वको अभाव रहने । प्रताडित मनोदशा भएको महिला…
अदालतमा अंश मुद्दा दायर भएपछि फैसलाबमोजिम अंशबन्डा छुट्याई लिन दिन कानूनले निश्चित म्यादभित्र निवेदन दिनुपर्ने र म्यादभित्र निवेदन परेमा अदालतले फैसलाबमोजिम बन्डा छुट्याइदिनुपर्ने । म्यादभित्र बन्डा छुट्याइपाउँ भनी दरखास्त नदिई जहिलेसुकै दरखास्त दिई सोही फैसल…
प्रवाह भएको कर्जाको सुरक्षणबापत धितोको रूपमा राखिएको सवारी साधनमा दर्तावाला बैंक तथा वित्तीय संस्थाको प्रत्यक्ष नियन्त्रण तथा व्यवस्थापन नहुने हुँदा उक्त सवारी साधनको दुर्घटनाबाट सिर्जित परनिर्भर दायित्व त्यस्तो दर्तावाला बैंकमा हुन्छ भन्नु न्यायसङ्गत नहुने ।…
विदेशी नागरिक भिसा अवधिभन्दा बढी बसेको (overstay) रहेछ भने तत्काल नियमले तोकेको दस्तुर र जरिवाना तिरी भिसा नियमित गराई आफ्नो देश जान पाउने वा भिसा थप गराउन सक्ने सरल र सहज स्थिति रहेकोमा आवश्यक नै नपर्ने कुरामा सरकारी वकिलको राय लिई अदालतको अनुमती लिई थुनामा र…
नेपाल राष्ट्र बैंक नियामक निकाय मात्र नभई न्यायिक अधिकार रहेको प्रशासनिक निकाय पनि हो । प्रशासनिक प्रकृतिको निर्णय र न्यायिक निर्णयको पद्धति फरक रहने । प्रशासनिक निर्णयमा सामान्यतया टिप्पणी उठाई सदर वा बदर गर्ने कार्य हुने । न्यायिक निर्णयमा अर्काको राय सदर वा…
प्रचलित नेपाल नागरिकता ऐन, २०६३ र ऐ. नियमावलीले बाबुको पहिचान नखुलेको अवस्थामा नागरिकता प्रदान गर्ने सम्बन्धमा अवलम्बन गर्नुपर्ने सर्त तथा मापदण्ड एवं कार्यविधि निर्धारण गरेको भए तापनि बाबुको पहिचान खुलेको तर निजको नागरिकता नै नबनाई मृत्यु भएको अवस्थाको परिकल्…