नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11443 · वि.सं. २०८२
नि.नं. 11443 — अंश चलन
सिद्धान्त / नजिर सार (Headnote Summary)
अंश हक प्रचलित कानूनद्वारा स्थापित कुनै पनि व्यक्तिको नैसर्गिक हक अधिकार भएकोले विधिवत् रूपमा प्राप्त वा परित्याग नगरेसम्म सो हक समाप्त नहुने । सगोलको पैतृक सम्पत्ति पतिले पत्नीलाई बकसपत्र पारित गरिदिए तापनि उक्त सम्पत्तिमा निज पतिले आफ्नो अंश हक स्पष्ट रूपमा परित्याग नगरेसम्म सो सम्पत्तिबाट निजले अंश पाउन सक्ने । (प्रकरण नं.६) सम्पत्ति निजी तवरले दान बकस पाएको हो कि होइन, दान बकस दिनेले आफ्नै पालामा आर्जेको सम्पत्ति दिएको हो वा पैतृक सम्पत्ति भन्ने यकिन गरिनु पर्ने । पत्नीलाई खुसी पार्न वादीले आफ्नो पैतृक सम्पत्ति बकस दिएमा सो सम्पत्ति सगोलको मान्नुपर्ने । (प्रकरण नं.९) वादीले आफ्नो पैतृक सम्पत्ति घर व्यवहार चलाउने प्रयोजनको लागि पारिवारिक सल्लाहबमोजिम पत्नीलाई बकसपत्रको माध्यमबाट हक हस्तान्तरण गरेको कार्यलाई विधिवत् रूपमा वादीले आफ्नो अंश हक नै परित्याग गरेको भनी मान्न नमिल्ने । सगोलमा रहेका पत्नी वा छोराछोरीलाई बकसपत्र गरी हक हस्तान्तरण गरिदिएको सम्पत्तिमा हक हस्तान्तरण गर्नेले अंश नपाउने भन्ने हो भने त्यस्तो हक हस्तान्तरण गर्ने व्यक्ति निरअंशी हुनुका साथै सो कार्य अंशबन्डासम्बन्धी प्रचलित कानूनको मर्म र भावनाविपरीत हुने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11443 |
|---|---|
| मुद्दाको विषय | अंश चलन |
| निर्णय वर्ष / मिति | 2081/3/13 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | डा. कुमार चुडाल, विनोद शर्मा, बालकृष्ण ढकाल |
| मुद्दा नं. | ०८०-NF-००२३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11443 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
