नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11445 · वि.सं. २०८२

नि.नं. 11445 — चेक अनादर

सिद्धान्त / नजिर सार (Headnote Summary)

चेक सटही हुन नसक्ने गरी जानी बुझिकन आफूले बैंकमा खाता खोल्नुभन्दा अगाडिको मिति राखी चेक जारी गरेको अवस्था देखिएकोले ऐनमा भएको कानूनी प्रावधानबमोजिम सो चेक बैंकमा प्रस्तुत नगरी कसैले पनि ड्रअरउपर दाबी गर्न पाउने छैन भन्‍नु न्यायोचित नहुने । (प्रकरण नं.४) पुनरावेदक प्रतिवादीले आफ्नो खातामा पर्याप्त रकम मौज्दात छैन भनी जानी जानी चेक हस्तान्तरण गरेकोमा चेकमा एक वर्ष पहिलेको मिति राखिएको सामान्य प्राविधिक कारणले मात्र बैंकमा पेस गरेपनि चेक अनादर भएको भनी औपचारिक पत्र जारी गर्न बैंकलाई असजिलो परेको कारण वादीले cheque return slip पेस गर्न नसकेको कारण देखाई प्रतिवादीले चेकबमोजिमको रकम तिर्नुपर्ने दायित्वबाट उन्मुक्ति नपाउने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11445
मुद्दाको विषयचेक अनादर
निर्णय वर्ष / मिति2081/11/15
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशतिलप्रसाद श्रेष्ठ, अब्दुल अजीज मुसलमान, टेकप्रसाद ढुङ्गाना
मुद्दा नं.०८१-RF-०००१
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11445
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्