नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11444 · वि.सं. २०८२

नि.नं. 11444 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै कानूनमा संशोधन भई कसुर हुँदाका अवस्थामा भन्दा सजाय बढाएकोमा पश्‍चात्‌ दर्शी असर पर्ने गरी त्यस्तो सजाय कार्यान्वयन गरिनु नहुने । पहिलेभन्दा सजाय घटाएकोमा घटी सजाय नै निर्धारण वा कार्यान्वयन हुनुपर्ने । (प्रकरण नं.७) पछिल्लो कानूनले घटी सजाय गरेकोमा घटी सजाय कार्यान्वयन हुने गरी कानून र कानून प्रणालीमा आत्मसात् गरिएको कुरालाई अमूक कानूनअन्तर्गतका कसुरमा मात्र आकर्षित हुने भनी सङ्कुचित व्याख्या गर्नु उचित नदेखिने हुँदा लाभदायक व्याख्या (beneficial interpretation of legislation) हुनु नै विधायिकी मनसायअनुरूप हुने । बैंकिङ (कसुर तथा सजाय) ऐन, २०६४ को दफा ३क. को कसुरमा भएको जरिवाना सजाय कार्यान्वयनका क्रममा वा कार्यान्वयन बाँकी भएकाको हकमा संशोधित व्यवस्था अर्थात् बिगोको पाँच प्रतिशत जरिवाना सजाय कार्यान्वयन गर्न बाधा नपर्ने । (प्रकरण नं.१७) साबिकको कानूनी व्यवस्थाबमोजिम पहिले फैसला भइसकेकोमा फैसला कार्यान्वयन हुन बाँकी रहेको र अन्तिम फैसलाबमोजिम सजाय भोगिरहेको कसुरदारको हकमा संशोधित व्यवस्था लागु हुने वा नहुने सम्बन्धमा वर्गीकरण गर्नु अनुपयुक्त हुने । फरार भएकै कारणले सजाय घटेको भए पनि पहिलेकै बढी सजाय कार्यान्वयन हुन्छ भन्‍नु सजायको सैद्धान्तिक मान्यताका आधारमा पनि उपयुक्त नहुने । अन्तिम फैसलाले लागेको सजाय कार्यान्वयन प्रारम्भ भई भोगिरहेको वा सजाय कार्यान्वयन प्रारम्भ नै नभएको जुनसुकै अवस्थामा पनि संशोधित जरिवाना सजाय नै कार्यान्वयन हुँदा न्याय र समानताको सिद्धान्तको (doctrine of just and equality) को मूल मर्म र मान्यता अनुकूल हुने । तर सजाय कार्यान्वयन भइसकेकोमा घटी सजाय हुनुपर्ने वा तिरी बुझाएको जरिवानाको रकमसमेत फिर्ता पाउनुपर्ने भन्‍ने जस्ता दाबी भने विचारणीय नहुने । (प्रकरण नं.१९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11444
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2082/2/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशडा. नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ, महेश शर्मा पौडेल
मुद्दा नं.०८१-WF-००३२
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11444
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्