नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11439 · वि.सं. २०८२

नि.नं. 11439 — लिखत बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

कुनै सम्पत्ति सगोल वा निजी आर्जन के हो भन्ने सम्बन्धमा निरपेक्ष ढंगले छुट्याउन नमिल्ने । बाबुले आफूले खती उपती गरी खानु बस्नु गरेको अवस्थामा जुनसुकै तवरले प्राप्त गरेको सम्पत्ति निजको दाजुभाइको हकमा निजी आर्जन मानिन्छ भने निजको छोराछोरीको हकमा सोही सम्पत्ति सगोलको मानी बन्डायोग्य हुने । कुनै सम्पत्ति सगोल वा निजी आर्जन भनी छुट्याउँदा उक्त सम्पत्तिलाई कानूनले तोकेको सर्त तथा आधारको साथसाथै अंशियारको हैसियतलाई समेत विचार गर्नुपर्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11439
मुद्दाको विषयलिखत बदर
निर्णय वर्ष / मिति2081/01/06
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशसपना प्रधान मल्ल, टेकप्रसाद ढुङ्गाना, बालकृष्ण ढकाल
मुद्दा नं.०७९-DF-००१२
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11439
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्