नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11447 · वि.सं. २०८२

नि.नं. 11447 — उत्प्रेषण / परमादेशसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

लेनदेन मुद्दामा वादी दाबी ठहर भई फैसला कार्यान्वयन गर्दा अदालतले पक्षहरूको सहभागिता, सन्तुष्‍टि र न्यायको प्रत्याभूतिलाई प्रमुखताका साथ हेर्नुपर्ने । न्यायिक प्रक्रियाले पूर्णता प्राप्‍त गरेपछि मात्र लिलाम सकार गर्ने पक्षको लिलाम सकार गरेको सम्पत्तिको हक परिपक्व भई पूर्णता प्राप्‍त गर्ने भएकोले सो न्यायिक प्रक्रिया सम्पन्न हुनुअगावै रिट निवेदकले सकार गरेको सम्पत्तिमा निजले पूर्ण स्वामित्व प्राप्त गरेको भनी मान्न नमिल्ने । डाँक लिलामको समग्र प्रक्रिया नै वादी प्रतिवादीले परित्याग नगरून्जेल तेस्रो पक्ष (डाँक लिलाम सकार गर्ने पक्ष) अर्थात्‌ सम्पत्ति आर्जन गर्ने व्यक्तिको हक सुनिश्चित भएको मान्‍न नमिल्ने । (प्रकरण नं.५) डाँक लिलामीको प्रक्रिया अन्त्य भई नसक्दै ऋणीले धनीलाई साँवा ब्याज बुझाएको अवस्थामा वादीको पनि सम्पत्ति लिलाम गरी सम्पत्ति प्राप्‍त गर्ने अधिकार अन्त्य हुने । त्यस्तो अवस्थामा डाँक लिलामीको प्रक्रियामा सामिल हुन आएको तेस्रो पक्षलाई सम्पत्ति प्राप्त गर्ने हक रही रहन्छ भन्न नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11447
मुद्दाको विषयउत्प्रेषण / परमादेशसमेत
निर्णय वर्ष / मिति2080/10/18
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशशारङ्गा सुवेदी, सुनिलकुमार पोखरेल, बालकृष्ण ढकाल
मुद्दा नं.०७८-WF-००२७
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11447
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्