नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11429 · वि.सं. २०८२
नि.नं. 11429 — आगो लगाई कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
प्रताडित मनोदशा भएको महिला (battered women syndrome) द्वारा भएको हिंसा र आवेशप्रेरित हत्याबिच केही अन्तर रहेको पाइने । आवेशप्रेरित हत्यामा तत्काल उठेको रिसको कारण मौकामा प्रहार गरी हत्या गरेको हुँदा त्यसमा मनसाय तत्त्वको अभाव रहने । प्रताडित मनोदशा भएको महिला (battered women syndrome) को दाबी लिइएको वारदात हत्या नै हो तर वारदातको कारक तत्त्व भने मर्ने व्यक्ति स्वयम् हुने । (प्रकरण नं.७) पतिको चरम हिंसाबाट पीडित भई त्यस्तो कार्यबाट मनोवैज्ञानिक प्रभाव, भावनात्मक दुर्व्यवहार र परित्यागको कारण मानसिक रूपमा गम्भीर आघात, निराशा र असहायताको अनुभूति र आफूले आत्महत्या गर्नुको सट्टा पतिलाई मार्ने निर्णय लिनुलाई उनको अस्तित्वको लागि खतराको प्रतिक्रियाको अवस्था हो । यी सम्पूर्ण प्रताडित मनोदशा (battered women syndrome) बाट एकाएक उत्पन्न भएको बदलाको भावनाबाट प्रेरित भई निजले आफ्नै पतिको हत्या गरेको र निजले अनुसन्धानको क्रममा र अदालतमा बयान गर्दा साबित भई आफूले गरेको कसुर स्वीकार गरी अदालतलाई सहयोग गरेकोमा यस्तो हत्यालाई महिला विरूद्धको चरम हिंसाको कारणबाट भएको परिणामको रूपमा हेरी सजाय निर्धारण गर्दा उक्त परिस्थितिलाई विचार गर्नुपर्ने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11429 |
|---|---|
| मुद्दाको विषय | आगो लगाई कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2081/02/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल | माननीय न्यायाधीश डा.श्री नहकुल सुवेदी | माननीय न्यायाधीश श्री प्रेमराज ढकाल | माननीय न्यायाधीश श्री शेखरप्रसाद पौडेल |
| मुद्दा नं. | ०७५-CR-१५२९ | ०७५-CR-१५४० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11429 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
