नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11448 · वि.सं. २०८२

नि.नं. 11448 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

संगठनमा अवकाश नियमित एवम् अनिवार्य प्रक्रिया भई मानव स्रोत व्यवस्थापनको अभिन्‍न आयामको रूपमा रहेको हुने । कानूनले निर्धारण गरेको सर्त एवम् नियमको परिधिभित्र रही अनिवार्य अवकाशमा जाने कर्मचारीलाई निजले पाउने सेवा सुविधा निजको योगदानको कदर तथा सम्मानका साथ निवृत्त जीवनलाई समेत विचार गर्नुपर्ने । अधिकारप्राप्त निकायबाट जनशक्ति व्यवस्थापन, जनशक्ति विकास तथा मानव पुँजी विकासको अवधारणालाई पनि विवेकसम्मत रूपमा सम्बोधन गर्नुपर्ने । रिट निवेदकले आफ्‍नो जीवनको महत्त्वपूर्ण समय, क्षमता, ज्ञान, सीप तथा योग्यता संस्थानलाई सुम्पिएको तथ्यलाई मध्यनजर नगरी नागरिकताको प्रमाणपत्रमा उल्लेख भएको नागरिकता जारी मितिलाई वस्तुगत रूपमा अन्य प्रमाणसँग नभिडाई वा अन्यौल भएको स्थितिमा निवेदकलाई नबुझी गरेको निर्णय न्यायको रोहमा उचित मान्‍न नसकिने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.11448
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2080/03/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशविश्वम्भरप्रसाद श्रेष्ठ, तिलप्रसाद श्रेष्ठ
मुद्दा नं.०७४-WO-०६१४
उद्धरण सन्दर्भने.का.प. २०८२, नि.नं. 11448
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्