नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 11446 · वि.सं. २०८२
नि.नं. 11446 — उत्प्रेषण / परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
कर्मचारीलाई साबिक सेवाको एक श्रेणीमाथिको पदमा बढुवाको लागि अवसर प्रदान गर्दा के कस्तो सर्तको अधीनमा रही अवसर प्रदान गर्ने भन्ने विषयमा सङ्घीय निजामती सेवासम्बन्धी ऐनले वस्तुगत र विस्तृत व्यवस्था गर्नुपर्ने विषय अदालतबाट व्याख्या गरी स्पष्ट हुने विषयभन्दा पनि भविष्यमा सङ्घीय संसद्ले निर्माण गर्ने सङ्घीय निजामती सेवासम्बन्धी ऐनमा व्यवस्था गर्नुपर्ने विधायिकी बुद्धिमत्ताभित्रको विषय हुने । (प्रकरण नं.१०) कर्मचारीको बढुवासम्बन्धी कारबाही कानूनबमोजिम मात्र गर्न सकिने, कानूनले समावेश नै नगरेको अर्कै सेवामा कार्यरत कर्मचारीलाई कानूनको स्पष्ट व्यवस्थाविना बढुवा जस्तो प्रक्रियामा सहभागी गराउन उचित नहुने । (प्रकरण नं.११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 11446 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण / परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2082/2/8 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान, टेकप्रसाद ढुङ्गाना |
| मुद्दा नं. | ०८१-WF-००१८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०८२, नि.नं. 11446 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
